विश्व शान्तीको लागी दोधारा चाँदनीमा शिव महापुराण ज्ञान महायज्ञ


दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिको आयोजनामा श्री शिव महापुराण ज्ञान महायज्ञको आज समउद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार क्षेत्रमा ९ दिने श्री शिव महापुराण ज्ञान महायज्ञको समउद्धघाटन गरिएको आयोजक संस्था कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समिति दोधारा चाँदनीले जनाएको छ् । एक कार्यक्रमको बिच शिव महापुराण ज्ञान महायज्ञको समउद्धघाटन गरिएको महापुराण ज्ञान महायज्ञका उद्धघोषक तथा राष्ट्रिय उद्धघोषक हिरालाल कडेंलले जानकारी दिनुभएको छ् ।

विश्व शान्ती तथा वालवालिकाहरुमा देखिएको बिचलन तथा सामाजिक अराजकता रोक्नको लागी कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिको आयोजनामा श्री शिव महापुराण ज्ञान महायज्ञको संचालन गरिएको महापुराण ज्ञान महायज्ञका उद्धघोषक तथा राष्ट्रिय उद्धघोषक हिरालाल कडेंलले बताउनुभएको छ् । शिव महापुराण ज्ञान महायज्ञमा प्रमुख कथा वाचक मदन राज उपाध्याय, यज्ञाचार्य अंगिरा प्रसाद जोशीको सुमधुमय प्रबचनका साथ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको संगितमय भजन, कृतन, बाल कार्यक्रम र आकर्षक झाँकी प्रस्तुत गरिने उहाँले बताउनुभएको छ् ।

९ दिन सम्म संचालन हुने शिव महापुराण ज्ञान महायज्ञमा उपलब्धीमुलक रहने श्री शिव महापुराण ज्ञान महायज्ञका उद्धघोषक तथा राष्ट्रिय उद्धघोषक हिरालाल कडेंलले बताउनुभयो । शिव महापुराण ज्ञान महायज्ञको समउद्धघाटन गर्दै शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाले कमलशा बाबा मन्दिरको संरक्षण एवम् प्रवद्र्धधन, भौतिक पूर्वाधार विकास निर्माण एवम् अक्षय कोष सञ्चालन सहयोगार्थ तथा विश्व शान्तीको लागी श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गरेकोमा आयोजक संस्था कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिलाई बिशेष धन्यबाद दिनुभएको छ् ।

युवा पिढीहरु कुलतमा फस्दै गएको अवस्थामा यस्ता नैतिक शिक्षा प्रदान गर्ने कार्यक्रमले समाजलाई सही मार्गमा डोर्‍याउन सहयोग गर्ने शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाले बताउनुभएको छ् । शान्ती व्यवस्था, धर्मको प्रचार प्रसार र सबै मानिसहरुमा आध्यात्मिक भावना जागृत गर्नका लागी शिव महापुराण ज्ञान महायज्ञले ठुलो सघाउ पुग्ने उहाँले बताउनुभएको छ् ।

परमपुज्य गुरुबाट सुमधुमय प्रबचनका साथै विशेष धार्मिक मेला, शिवध्वनी, भजनकिर्तन, शिव भगवानको आरती, शिव ताण्डव, स्वोत्र अग्नि नृत्य ईत्यादी कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img