झलारी : शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख उप प्रमुखले कार्यवाहक नतोकिकनै भारतको राजिस्थानको माउन्ट आवुमा सञ्चालित स्वच्छ र स्वस्थ्य समाजका लागि आध्यात्मिकतामा ग्लोबल शिखर सम्मेलनमा सहभागी हुन हिडेपछि अन्यौलता सृजना भएको छ । कार्यबाहक नतोकिए पछि नगरपालिका कामकारवाही ठप्प रहेका छन । आपतकालीन अबस्थामा नगर क्षेत्रमा विपद्का घटनाहरु घटेमा त्यसको जिम्मेवार को हुने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ९ का वडा अध्यक्ष रमेश ऐरले भने, जनप्रतिनिधिले नगर क्षेत्रबाट गर्ने महत्वपूण कार्य ओझेलमा परेका छन ।

नगर क्षेत्रमा केही साता देखि जङगली हात्तीले स्थानिय किसानको खेतवारीमा छिरेर व्यापक नोक्सानी पुरयाउन थालेको वडा नं ६ का वडा अध्यक्ष दान सिंह ऐरले बताए । हात्ती प्रभावित क्षेत्रमा उज्यालोका लागि बत्ति जडान गर्नु पर्ने भएपनि नगर प्रमुख उप प्रमुख नहुदा ती कार्य अलपत्र परेको उनको भनाई रहेको छ । नगर प्रमुखले म नआउदा सम्म नगर क्षेत्रमा जडान गरिएका हाइमाष्ट लाईट समेत सञ्चालन नगर्न र विद्युत जडानको कार्य नगर्न भनेको सुनेका छौं उनले भने चाडपर्वका बेला नगर क्षेत्रमा उज्यालो गर्नका लागि जडान गरिएका हाइमाष्ट लाईटमा विद्युत नछाडीदा चोरी लगायतका अपराधिक क्रियाकलाप बढेको छन ।

उनका अनुसार हाइमाष्ट लाईट जडानका लागि मिटर आएको दुई साता बढी भैसकेको छ, नगर प्रमुखले म नआउदा नजोडनु भन्ने आदेश दिए पछि नगरपालिकाको स्टोरमै थन्किएर रहेका छन । व्यक्तिगत प्रयोजनका लागि नगरका गाडीहरुको दुरुपयोग हुने नगरको कामका लागि जनताको करको पैशाले खरिद गरिएका गाडी लैजान नपाइने अबस्था रहेको नगरपालिकाका जनप्रतिनिधिले बताए । नगर प्रमुखले गाडी कार्यालय पसिरबाट ननिकाल्नु भन्ने आदेश दिने ती जनप्रतिनिधिले भने, उप प्रमुखले गाडीको चावी आफैं संग बोकेर लगेका छन । नगरपालिकाको कर्मचारी प्रशासन तर्फ भने कार्ववाहक तोकिएको वडा अध्यक्षहरुको भनाई रहेको छ ।







