हात्तीको आक्र्रमणबाट मारिएका लालझाडी राना परिवारलाई सिएफसिसीद्वारा नगद राहत

कञ्चनपुर : सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको छ । सामुदायिक वन समन्वय समिति(सिएसिसी)ले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको हो । गत साता हात्तीको आक्र्रमणबाट मारिएका लालझाडी गाँउपालिका ४ डाँगाजाईका ५० बर्षिया रामदत्त रानाको परिवारलाई नगद आर्थिक सहयोग दिईएको छ । १२ असोज मध्य रातमा हात्तीको आक्र्रमणमा परेर कञ्चन सामुदायिक वनका उपभोक्ता समेत रहेका रानाको मृत्यु भएको थियो ।

शुक्रबार सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले हात्तीपीडित राना परिवारलाई नगद २५ हजार रुपैया सहयोग गरेका छन । सिएफसिसीका अध्यक्ष जोशी हात्ती पीडित रानाको घरमै पुगेर मृतक परिवारलाई नगद आर्थिक सहयोग गरेका हुन । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले हात्तीबाट मारिएका राना परिवारलाई सिएफसिसीले खडा गरेको ‘मानव–बन्यजन्तु’राहत कोषबाट उक्त रकम दिएको बताए । मुलुकमा तीन सरकार भएपनि सामुदायिक वन समन्वय समितिले आफ्नो परिवारको ब्रजपातमा राहत दिएको भन्दै आभार प्रकट गरेका छन ।

सामुदायिक वन समन्वय समितिले मानव बन्यजन्तुविच हुनेद्वन्द्व न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएको छ । लालझाडी गाँउपालिका ४का वडाध्यक्ष बहादुर सिह रानाले पीडित परिवारका लागि विभिन्न सरकारी गैर सरकारी निकायबाट राहत वितरणमा लागि आब्हान गरेका छन । पछिल्ला बर्षहरुमा हात्तीको आक्र्रमणबाट कञ्चनपुरमा मानवियदेखि भौतिक क्षति पु¥याउँदै आएको छ ।तर, न्यूनिकरणका लागि कुनैपनि सरकारले प्रभावकारी योजना ल्याउन सकेको छैन ।

ताजा समाचार