कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा विशेष सुविधा सहित मोबाईल पसल सञ्चालनमा आएको छ । बिहीबार महेन्द्रनगरको गल्ली नं.५ मा कियारा मोबाईल हाउस एण्ड ऐसोसरीज दुई जना युवा व्यवसायी योगेन्द्र भण्डारा र गंगा जोशीको सहकार्यमा खोलिएको हो ।
सञ्चार जगतको बढ्दो प्रविधिमा आम उपभोक्ताहरुलाई थप सुविधा दिने उद्देश्यको साथ खोलीएको पसलमा ओपो, भिबो,सामसुङ,रेडमी,टेक्नो आदि कम्पनीको मोवाई सेट पाउनुको साथै मोवाईलका पाटपुर्जा, चार्जर,कवर,एयरफोन आदि बिशेष छुट मुल्यमा रहेको योगेन्द्र भण्डाराले जानकारी दिएका छन ।
नयाँ खुलेको मोबाईल पसलमा कम्पनीको ओरिजिनल समान ग्यारेन्टीको साथ पाउनुको साथै किस्ता बन्दिमा पनि मोवाईल सेट पाईने सुविधा रहेको गंगा जोशीले बताएका छन ।