एमाले निकट निजामति कर्मचारी संगठनद्वारा वाढीपीडितको उद्दार, राहत र पुर्नस्थापना जु्टन अपिल

कञ्चनपुर,: नेपाल निजामति कर्मचारी संगठनले वाढीपीडितको उद्दार, राहत र पुर्नस्थापनामा जोडदिएको छ । नेपाल निजामति कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिले वाढीपीडितको उद्दार, राहत र पुर्नस्थापनामा जोडदिएको हो ।  सत्ताधारी नेकपा एमाले निकट निजामति कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै वेपत्ताको खोजि काय गर्नुपर्ने, उद्दार राहत एव पुर्नस्थापनका कामकाज प्रभावकारी बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल निजामति कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका महासचिव महादेव जोशीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा यस विपदको घडीमा संगठनका जिल्ला, पालिका कमिटिका सम्पूर्ण पुर्व निर्धारित कार्यक्रम स्थगन गर्दै उद्दार कार्य गर्न राहत संकलन गर्न र पुर्नस्थापनाको कार्यमा लागेर सरकारलाई सहयोग गर्न अपिल गरिएको छ ।निजामती कर्मचारी संगठनले विपद् घटनाको दुख व्यक्त गर्दै पीडितका घाउमा मलम लगाउन आब्हान गरिएको छ ।

ताजा समाचार