कञ्चनपुर, लागु औषध चोरी, तस्करी नियन्त्रणमा सुदूरपश्चिम प्रदेश सहित कैलाली–कञ्चनपुरमा युद्धस्तरमा खटिएको लागु औषध नियन्त्रण ब्यूरोले अर्को एक्सन गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरको टोलीले लुम्बिनी प्रदेश बाकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउन सुगर सहित एक भारतीय नागरिक सहित दुई युवकलाई पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका इन्चार्ज प्रहरी नायब बरिष्ठ निरीक्षक केशवराज जोशीको कमाण्डमा खटिएको टोलीले नेपालगञ्ज एयरपोट क्षेत्रबाट भारतीय नागरिक सहित दुई युवकलाई पक्राउ गरेको हो । बुधबार लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र नेपालगञ्जको संयुक्त टोलीले नेपालगञ्ज उपमहानगरपालिका २० एयरपोट चोकबाट भारतीय नागरिक राहुल शुक्ला र बर्दियाका बालचन्द्र कामीलाई नियन्त्रणमा लिईएको जनाईएको छ ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका प्रह पदम सिह विष्टले शंकास्पद व्यक्तिमाथि चेकजाँचका क्रममा भारतीय नागरिक शुक्ला र नेपाली नागरिक कामीको साथबाट १००.२ग्राम ब्राउन सुगर बरामद गरिएको बताए । पक्राउ परेका दुवैलाई थप कार्बाहीका लागि नेपालगञ्ज प्रहरीको जिम्मा लगाईएको छ । पश्चिम तराईका जिल्लाहरुमा भारतीय नागरिकहरुले बेच्ने ल्याउने र नेपालका युवाहरुलाई कुलतमा फसाउने भारतीय लागु औषधका तस्करको योजना लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा तुहाईदिएको छ ।