तीन सय बढी विद्यार्थीका लागि एक मात्रै सौचालय

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थीत बैजनाथ आधारभूत विद्यालयमा सौचालयको अभाव रहेको छ ।
विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीका लागि एक मात्रै सौचालय रहेको छ । शिक्षक–विद्यार्थीले त्यही सौचालय प्रयोग गर्दै आएका छन । सौचालय प्रयोग गर्न पालो पर्खदा विद्यार्थीको पढाई छुटने गरेको छ । विद्यालयका विद्यार्थी अमर सिंह धामीले सौचालयमा पालो पर्खदा आधा पढाई छुटने गरेको बताउनु भयो ।

“छात्र छात्राका लागि छुट्टै सौचालय छैन” उहाँले भन्नुभयो, “एकै सौचालय प्रयोग गर्नु पर्छ, पालो पर्खन लाइनमा बस्नु पर्ने भएकाले कुनै दिन आधा घण्टा बढीनै लाग्छ, त्यै भएर पढाई छुटछ ।” विद्यालयका कर्मचारी शिक्षकले पनि त्यही सौचालय प्रयोग गर्दै आएका छन । विद्यालयमा रहेको एक मात्रै सौचालय विसं २०७५ सालमा दातृ संस्था विल्ड अनले निर्माण गरिदिएको विद्यालयका प्रद्यानाअध्यापक गणेश प्रसाद पन्तले बताउनु भयो । “शिक्षक–विद्यार्थीले प्रयोग गर्ने एक मात्रै सौचालय छ” उहाँले भन्नुभयो, “नगरपालिकामा यस बारे बारम्बार गुनासो राखेका छौं, अश्वासन बाहेक सौचालय निर्माणका लागि बजेट विनियोजन हुने गरेको छैन ।”

सौचालयको प्रयाप्तता नहुदा निकै समस्या झेल्नु परेको उहाँले उल्लेख गर्नु भयो । “सौचालयकै कारण विद्यार्थीको पढाई प्रभावित हुदै आएको छ” उहाँले भन्नुभयो, “यसबारे नगरपालिकाको शिक्षा विकास शाखाको ध्यानाकर्शण गराएका छौं ।”
विद्यालयमा सौचालयको व्यवस्था गर्न पहल गरिने वडा अध्यक्ष बहादुर सिंह महराले बताउनु भयो । “सौचालयको प्रयाप्ताताका लागि नगरपालिकाको कार्यपालिकामा कुरा राख्छौं” उहाँले भन्नुभयो, “निर्माणका लागि आवश्यक पहल हुन्छ ।” विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाई हुने गरेको छ ।

ताजा समाचार