विद्यालयको लापरबाहीले निर्दोष बालकले गुमाए ज्यान


लाल ब एसके / पुनर्वास– कंचनपुरको पुनर्वासमा ३ एस पि एल एकेडेमी बिधालयको बसबाट ओर्लिने क्रममा स्वही विद्यालयका एक विद्यार्थीको लडेर घाईते भैइ उपचारका क्रममा मृत्युु भएको छ । पछिल्लो समयमा विद्यालयमा बसको व्यवस्थापन गर्नु एक प्रकार प्रतिस्पर्धा नै गर्ने गरेको पाइन्छ । यसरी सुबिधाका हिसाबले स्वागत योग्य कदम साबित भएता पनि यसको मापदण्ड अनुसार कार्यनयन गर्ने कुरामा भने सम्बन्धित प्रयोगकर्ता र विद्यालय चुकेको देखिन्छन । बसको आधिकारिक मापन सिट क्षमता भन्दा बडी विद्यार्थीलाई बोक्ने गरेका छन । तर यसलाई नियमन , अनुगमन गर्ने निकाय भने निश्कृय रहेको पाइन्छ । विद्यालयले सहचालकको व्यवस्था गरेको बताए त पनि घटना स्थालमा भने चालक मात्रै रहेको पाइएको छ । यसरी न्युनतम मापदण्ड पनि पूरा नगर्नुमा कसको दोष ?

बसको सिट क्षमता भन्दा बडी बिद्यार्थीलाई हुलेको देख्दा पनि ट्राफिक प्रहरी देखि स्वयं अभिभावक र सम्बन्धित निकायले आफ्नो कर्तव्य निर्वाह पालना नगरी लापरबाही गरेको देखिन्छ । यस्तो लापरबाहीले केहि समय व्यवसायी र उपभोक्तालाई क्षणिक फाईदा भए पनि दीर्घकालीन यसको असर अप्रिय नै हुने हो । तसर्थ शुक्रबार साझ करिब साढे पाँच बजेको समयमा पुनर्वास नगरपालिका-३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै ओर्लिने क्रममा हुलाकी सडक खण्डमा लडेर घाईते भएका पुनर्वास-५, ग-गाउँका चक्र खातीका ८ वर्षिय छोरा करन खातीको उपचारका क्रममा शनिबार राती भारतको मेडासिटी हस्पिटलमा मृत्युु भएको छ ।

मृतक करन एसपिएल एकेडेमीको कक्षा १ मा अध्ययनरत थिए । उनको आईतबार महाकाली अस्पताल महेन्द्रनगरमा पोष्टमार्टमका लागि राखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिए । बिधालयको बस र चालक पुनर्वास नगरपालिका-५ का कमल थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताए । घाईते भएका करनको प्रारम्भिक उपचार पुनर्वास पोलिक्लिनिक र धनगढी स्थित निसर्ग हस्पिटलमा गरिएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img