पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी ग्रस्त सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई अक्सफाम र निड्स नेपालद्धारा शैक्षिक सामग्री बितरण सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको मालिका आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय र पुर्णा आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको निड्स नेपालको विपद् प्रतिकार्यको लागी सिघ्र लाभ परियोजनाका फोकल पर्सन बिनोद कडाराले जानकारी दिनुभएको छ् । विपद् प्रतिकार्य तथा पुन : लाभ कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा रहेको मालिका आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय र पुर्णा आधारभुत बिद्यालयका ३ सय ३ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको फोकल पर्सन बिनोद कडाराले बताउनुभएको छ् ।
गत असार २२ गते देखि २४ गते र त्यस पछि आएको अविरल वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण बिद्यार्थीहरुको कापी, किताव लगाएत शैक्षिक सामग्री बगाएको, भिजेको कारण उनिहरुको शैक्षिक अवस्थालाई सुधार गर्न शैक्षिक सामग्री बितरण गरिएको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगर क्षेत्रमा विपद् आईपरेको अवस्थामा निड्स नेपाल लगाएत गैरसरकारी संस्थाहरुले सदा सहयोग गर्दै आएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बतानुभयो ।
अक्सफाम र निड्स नेपालले बिगत देखि नगर क्षेत्रमा गर्दै आएको सहयोग र विशेष गरि बाढी आएको बेला र त्यसपछिका दिनहरुमा बाढीपिडितहरुको दैनिकी सामान्य बनाउन निड्स नेपालले गरेको सहयोग प्रशंसनिय रहेको वडाध्यक्ष सुनारले बताउनुभयो ।
शैक्षिक गुणस्तर सुधारको लागी संस्थाले गरेको सहयोग अतुलनिय रहेको उहाँले बताउनुभएको छ् । संस्थाले विपद् व्यवस्थापन तथा मानविय सहायताका लागि नगर क्षेत्रमा महत्वपुर्ण काम गर्दै शैक्षिक सामग्री बितरण कार्यक्रममा बक्ताहरुले बताएका छन् ।