कञ्चनपुर: कञ्चनपुरको फ्लोरिडा इन्टरनेशल स्कुलमा अध्ययनरत तथा फ्लोरिडा डोजाङ्गका एक खेलाडीले ब्ल्याकबेल्ट पाउने पहिलो खेलाडी भएका छन । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको फ्लोरिडा इन्टरनेशल स्कुलमा अध्ययनरत तथा फ्लोरिडा डोजाङ्गका खेलाडी बिहान बस्नेतले ब्ल्याकबेल्ट पाएका हुन ।
नेपाल तेक्वान्डो संघले आयोजना गरेको ग्रेडिङ्गमा नेपाल तेक्वान्डो संघ फ्लोरिडा डोजाङ्गका खेलाडी एव विद्यार्थी बस्नेत ब्ल्याकबेल्ट पाउने पहिला विद्यार्थी बनेका छन । कक्षा ५ मा अध्ययतरत बस्नेत उमेरले ११ बर्ष मात्रै पुगेका छन । सानै उमेरमा बस्नेतले अलौकिक प्रगति गरेका छन । बस्नेत भीमत्त नगरपालिका १८वडा सदस्य हेम बहादुर बस्नेतका छोरा हुन ।
फ्लोरिडा ईन्टरनेशल स्कुलका प्रिन्सिपल जयराज ओझाले विद्यार्थी बस्नेतले खेलकुद क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए । प्रिन्सिपल ओझाले विद्यार्थी बस्नेतको उल्लेख्य प्रगति भएको बताए । आइतबार नेपाल तेक्वान्डो संघ कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरका मेयर पदम बोगटी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा खेलाडी सहितको सहभागिता रहेको थियो ।