बैतडी : बैतडी जिल्ला मेलौली नगरपालिका -८ कोटिगाउँमा अवस्थित श्री गङ्गेश्वर मन्दिरमा प्रवासी युवाहरुद्वारा करिब नौ/ दश महिनाको अवधीभर आर्थिक संकलन अभियान मार्फत सवा पाँच फिट उचाई र छ सय क्विन्टल तौल भएको शिव मुर्ति भारतको राजस्थान राज्यको कोकस भन्ने ठाँउबाट झन्डै तीन लाख खर्चको लागतमा गाउँमा पुर्याईएको छ ।

अहिले गाउँघरमा श्राद पितर पुजा चलिरहेकाले मन्दिर चढाउन खासै उचित समय नहुने भएकाले श्राद सकिएपछि असोज सत्र गते बिहिवारका देखि नवरात्रा प्रारम्भको शुभ अवसरमा नवरात्राको पहिलो दिन घटस्थापनामा स्थानीय स्तरमा प्रचलित बाँजागाँजा ध्वजा नेजा सहित स्थानीय परम्परा अनुसार शिव मुर्ती गङ्गेश्वर मन्दिरमा चढाउने कार्यक्रम रहेकाले यस धार्मिक कार्यमा सम्पुर्ण धार्मिक आस्थावान भक्तजनहरु लगायत मेलौली नगरपालिका -८ कोटिगाउँका श्री गङ्गेश्वर देवताका सम्पुर्ण करिया तथा भक्तजनहरुमा उपस्थितिका श्री गङ्गेश्वर मन्दिर शिव मुर्ति आर्थिक संकलन अभियान समितिका अध्यक्ष डम्बर ठगुन्नाले हार्दिक अपिल अनुरोध गर्नु भएको छ।

साथै देश बिदेश बाट शिव मुर्ति अभियानमा जुटेर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आ – आफ्नो समयलाई मध्यनजर गर्दै साथ सहयोग सल्लाह सुझाव भिट्टि दान गर्नुहुने सम्पुर्ण सहयोगी मनकारि ब्यक्ति लाई धन्यवाद समेत दिएका छन !







