भीमदत्त नगरका विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री सहित झोला वितरण


कञ्चनपुर : कञ्चनपुरका सामुदायिक विद्यँलयका विद्यार्थीलाई शैक्षिक समाग्री सहित झोला वितरण गरिएको छ । शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका २६ सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहित झोला वितरण गरिएको हो ।
हिन्दुस्वयक सेवक संघ निकट रहेको प्राज्ञिक विद्यार्थी परिषद नेपालले भीमदत्त नगरका १३० विपन्न समुदायका विद्यार्थीलाई झोला सहितको शैक्षिक समाग्री वितरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालले भीमदत्त नगरका अध्यक्ष लोकराज पन्तले विपन्न, दलित, आदिवासी, जनजाती थारु समुदायका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको बताए ।

उनका अनुसार किताब बोक्ने झोला, नेपाली शब्दकोषको किताब, सरस्वती बन्दनाको किताब, ज्यामेट्रीबक्स सहित टोपी वितरण गरिएको छ । हिन्दुस्वयक सेवक संघका विभाग बौद्धिक प्रमुख उमेशराज जोशीले गत बर्ष १२सय विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको यस बर्ष पनि सोही अनुरुप विपन्न जेहेन्दार विद्यार्थीको अध्ययनमा टेवा पु¥याउने उदेश्यले वितरण गरिएको बताए ।  हिन्दुस्वयक सेवक संघका प्रचारक मनिराज चौलागाईले विपन्न जेहेन्दार विद्यार्थीलाई दैनिक पर्ने समस्या टार्ने उदेश्यका साथ वितरण गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले विद्यार्थीको दैनिक आवश्यता पूर्ति गर्ने उदेश्यले गरिएको कार्यबाट विपन्न विद्यार्थीलाई राहत पुगेको बताए ।

हिन्दुस्वयक सेवक संघ केन्द्रीय सदस्य हर्केष विष्टले भीमदत्त नगरपालिका सहित अन्य पालिकाहरुका विद्यार्थीलाई शैक्षिक समाग्रंी वितरण गरिने बताए । निःशुल्क झोला पाएपछि विद्यार्थी शिक्षक हर्षित भएका छन । बैजनाथ माविकी शिक्षिका निर्मला जोशीले हिन्दुस्वयक सेवक संघ निकट रहेको प्राज्ञिक विद्यार्थी परिषद नेपालले विद्यार्थीको समस्या मध्य नजर गर्दै झोलादेखिका शैक्षिक समागीबाट अध्ययनमा टेवा पुग्ने बताईन । निःशुल्क झोला सहितका शैक्षिक समाग्री पाएपछि विद्यार्थीहरुले समेत दैनिक अध्ययनको कामकाज सहजता भएको धारणा व्यक्त गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img