मेयरलाई बुङगल नगरपालिका छाड्न चेतावनी : बझाङ्ग


विरेन्द्र बाग/ बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकाका स्थानीयले मेयरलाई बुङगल नगरपालिका छाड्न चेतावनी दिएको हाे । आज एक कार्यक्रमका बिच नारा लगाउदै स्थानीय सरकार बुङगलका मेयरलाई राजिनामा दिन चेतावनी दिएको स्थानीय रामचन्द्र जाेशीले जानकारी दिनु भएको छ। बुङगल नगरपालिका मेयर जयबहादुर धामीले स्थानीयलाई जागिर लगाई दिने भन्दै कामना टेलिभिजनले न्युज प्रशारण गरेपछि स्थानीय सर्वसाधारण राजनैतिक दलका नेता कार्यक्रताहरुले नगरपालिका परिसरमा बुङगल नगरपालिकामा भ्रष्टाचार भएको भन्दै र मेयर अडियो काण्ड बारे आज नाराजुलुस सहित नगरपालिका घेराउ गरेका थिए ।

नारावाजी गर्दै स्थानीय सँगसँगै नेकपा एमाले र विप्लव समुहको सयुक्त आयाेजनामा बुङगलका सर्वसाधारणले नगरपालिका घेराउ सहित नारा लगाएका थिए । नारामा “ए चाेर बुङगल छाेड, जनता लुट्न पाईदैन यस्तो मेयर हामीलाई चाहिदैन । तुरुन्तै राजिनामा देउ भ्रष्टाचार गर्न पाईदैन” जस्ता थिए ।मेयर जयबहादुर धामीकाे अडियो काण्ड केहिदिन अघि कामना टेलिभिजनले सार्वजनिक गरेको थियो ।जसमा पैशा खाएर जागिर लगाईदिने मिलेमतो गरेको प्रष्ट सुनिएको थियो । जागिर लगाउने प्रलोभन देखाउदै २ लाख मेयर र नगरपालिकाकै करार कर्मचारी सुना कार्किको मिलेमतोमा पैसा

झ्याम पारेको देखिन्छ । यता निष्पक्ष परिक्षा भए पछि अर्को मान्छे निस्केको थिए । पैशा दिएको मान्छेकाे नाम सिफारिस नभए पछि अडियो काण्ड बाहिरी आएको हाे । यति मात्र हैन बुङगलमा धेरै याेजनामा पनि भ्रष्टाचार भएको आराेप मेयरले खेप्नु परेको छ ।नगरपालिकामा भ्रष्टाचार बढ्दै गएकाे भन्दै, चेतावनी साथ नेकपा एमाले,नेकपा माअाेवादी नेपाल कम्युनिस्ट पार्टी विप्लव,नेकपा एकीकृत समाजवादी सहितका दलहरुले सयुक्त विज्ञाप्ती निकालेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img