कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ मा विहीबार डे्ंगु नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरि ¥यालीको आयोजना गरेको छ । सुन्दरपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा वडा स्तरमा डेंगु लगायतका किट जन्य रोग नियन्त्रणका लागी लामखुट्टेको बास स्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानका क्रममा वडा स्थरीय अन्तरक्रिया कार्यक्रम गरी ¥यालीको आयोजना गरीएको हो ।

¥याली संग संगै घर घरमा गएर पानि जमेका भाँडाकुडा , टायर, गमला लगाएतको ठाँउमा पानि खाली गरेर जनचेतना मुलक कार्यक्रम गरेको थियो । डेंगु रोगको प्रकोप असोज , कार्तीक र मंसिर महिना वढ्ने गरेको छ । नेपालमा पहिलो पल्ट चितवनमा बिदेशी नागरीकमा सन् २००४ देखीएको थियो । नेपालमा डेंगुको महामारी वडेपछि स्वास्थ्य मन्त्रालय अन्तरगत इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महासाखाले डे्ंगु नियन्त्रण तथा रोकथामका कार्यक्रम गदै आइरहेको छ ।

अन्तरक्रिया कार्यक्रम तथा ¥याली कार्यक्रममा वडाका जनप्रतिनिधि ,स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरु , स्वास्थ्यकर्मी स्वस्थ्य स्वयम सेबिका, विद्यार्थीहरु, शिक्षक र शिक्षिकाको उपस्थिती रहेको सुन्दरपुर आधारभुत स्वास्थ्य सेवा केन्द्र का प्रमुख जनस्वस्थ्य निरिक्षक कृष्ण पालले जानकारी दिनु भयो । वेदकोट नगरपालिकाको स्वस्थ्य साखाले डेंगु रोगको प्रकोप वढ्ने समय भएकाले नगरमा रहेका १० वटै स्वस्थ्य संस्थाहरुमा डेंगु ताथा किट जन्य रोगहरु नियन्त्रणका विभिन्न गतीविधि गदै आइरहेको छ ।







