क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरले भ्रष्टाचार बिरुद्ध सघर्ष गर्ने


कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट क्रान्तिकारी युबा संगठन नेपाल कंचनपुरले भ्रष्टाचार बिरुद्धमा संघर्ष गर्ने भएको छ । क्रान्तिकारी युबा संगठन नेपाल कंचनपुरले बैठकले भ्रष्टाचार बिरुद्धमा संघर्ष गर्ने जनाएको छ । नेकपा बहुमत कञ्चनपुरका युवा नेता सुरेन्द्र धानुकले व्यप्त भ्रंष्टाचार रोक्नका लागि क्रान्तिकारीले संघर्ष गर्ने बताए । जिल्लाको बिशेष बिस्तारित बैठक संगठनका जिल्ला संयोजक भुबन भट्टको अध्यक्षतामा, नेकपा बहुमत ७ नम्बर ब्युरो इन्चार्ज कमरेड डी डी पाण्डेको प्रमुख आतिथ्य बसेको छ ।

बैठकमा नेकपा बहुमतका जिल्ला इन्चार्ज कमरेड अर्जुन,सचिब नक्साल ,विद्यार्थी संगठनका प्रदेश इन्चार्ज सुरेन्द्र धानुक र युबा संगठनका जिल्ला इन्चार्ज कमरेड दिपक लगायतका नेताहरुको उपस्थिति रहेको थियो। बैठकमा पार्टीका ब्युरो इन्चार्ज डी डी पाण्डे ले अहिलेको सरकार भ्रष्टाचारमा लिफ्त भएको र देशको दक्ष जनशक्ति युबाहरु स्वदेश रोजगारी दिनु को सट्टा बिदेशी डलर मा बेचिरहेको आरोप लगाउदै यो निकम्मा सरकारको विरुद्धमा युबाहरु एकजुट भएर बिद्रोहको तयारी गर्नुपर्नेमा जोड दिनु भयो। जिल्ला इन्चार्ज अर्जुन ले भ्रष्ट दलाल राज्य सत्ताको बिकल्प बैज्ञानिक समाजवाद भएकोले युबा विद्यार्थी नै बिद्रोहको मुल शक्ति हो।

बिदेश जाने सपना होइन नेपाली माटो मै रगत पसिना बगाउने सपना बोक्दै युबाहरुलाई गोलबन्द गर्न संगठन निर्माण मा जोड दिनुपर्ने मन्तव्य राख्नु भयो, बैठकले अबको युबा आन्दोलन लाई संघर्ष मार्फत अगाडि बढाउने र समाजमा रहेका हरेकखाले बिकृती बिसंगती घुसपैठ,भ्रष्टाचार ,कालोबजारी मंहगी,हत्याहिंसा,बलात्कार विरुद्धमा कडाइ पुर्बक संघर्ष गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको छ । बिस्तारित बैठकले भुबन भट्ट को संयोजकत्वमा १९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति घोषणा गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img