गैडा सरक्षणमा जोड

कञ्चनपुर : कञ्चनपुरका सरोकारवाला सरक्षणकर्मीले गैडा सरक्षणमा जोडदिएका छन । जैविक विविधता सरक्षणमा गैडाको महत्वपूर्ण भूमिका रहेको भन्दै सरोकारवाला सरक्षणकर्मीले गैडा सरक्षणमा जोडदिएका हुन ।
आइतबार महेन्द्रनगरमा सेप्टेम्बर २२ मा विश्व गैडा दिवस मनाईएको छ । सिद्धनाथ विज्ञान क्याम्पस जिओलोनी विभागले विश्व गैडा दिवस मनाएको हो ।

कार्यक्रममा सिद्धनाथ विज्ञान क्याम्पसका सहायक क्याम्पस प्रमुख एव गैडामा अनुसन्धान गरेका डा. बलराम अवस्थीले पारिस्थितिक प्रणाली सुधारका लागि गैडा सरक्षणा जोडदिए । कार्यपत्र प्रस्तुत गर्दै उनले विद्यार्थीदेखि नयाँ पुस्तालाई गैडा सरक्षण बारे जानकारी गराउने उदेश्यले कार्यक्रम राखेको बताए ।

कार्यक्तममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत मनोज ऐरले कार्यपत्र प्रस्तुत गर्दै शुक्लाफाँटामा पनि गैडाको संख्या बृद्धि भईरहेको बताए । कार्यक्रममा सिद्धनाथ विज्ञान क्याम्पस प्रमुख जगराम दमाई सहितका प्राद्याध्यापक, विद्यार्थीको सहभागिता रहेको थियो ।

ताजा समाचार