शिक्षक महासंघ कञ्चनपुरको अधिवेशन शुरु

कञ्चनपुर: नेपाल शिक्षक महासंघ कञ्चनपुरको जिल्ला अधिवेशन शुरु भएको छ । महेन्द्रनगरमा शनिबारदेखि शिक्षक महासंघ कञ्चनपुरको जिल्ला अधिवेशन शुरु भएको हो । शिक्षक महासंघ कञ्चनपुरको भेलामा विभिन्न राजनीतिक दल निकट शिक्षक संघ सगठनका अगुवाहरुले शिक्षकको हकहितका पक्षमा महासंघ गठनमा जोडदिएका छन ।

कार्यक्तममा प्रमुख अतिथि समेत रहेको नेपाल शिक्षक महासंघका केन्द्रीय सचिव बिर्ख बहादुर मल्लले पहिलो दिन उद्घाटन समारोह भएको र १२साउनमा अधिवेशन भएर कार्य समिति विस्तार गरिने बताए ।एकीकृत अखिल नेपाल शिक्षक सगठन कञ्चनपुर अध्यक्ष गाेबिन्द ढाँटले सचालन गरेकाे कार्यक्रममा शिक्षक संघ संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार