कुतियाकवरका बाढीपिडितहरुका लागि आश्रय बन्दै ‘सुरक्षित आवास’

दोधारा । कंचनपुरको दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा पालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले निमार्ण गरेको सुरक्षित आवास कुतियाकवर बाढीपिडितहरुका लागि महत्वपूर्ण आश्रय बनेको छ् । दोधारा चाँदनी नगरपालिका– १० स्थित कुतियाकवर बस्तीमा बाढीबाट प्रभावित भएका स्थानिय बासिन्दाहरुका लागि दोधारा चाँदनी नगरपालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र समुदायको झण्डै २७ लाख सयुक्त लगानीमा निर्मित सुरक्षित आवासले महत्वपूर्ण आश्रय स्थल बनेको हो । यस वर्षमा आएको अविरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीमा कुतियाकवर बस्ती डुबानमा परेको अवस्थामा बाढी प्रभावित वृद्ध, बालबालिका, गर्भवती महिला सहित ४२ घरपरिवारका स्थानीय बासिन्दाहरुले उक्त सुरक्षित आवासमा आश्रय लिएका स्थानियबासी खड्के बुढाले बताउनुभयो ।

यस्तै नेपाली सेनाले पनि २५ लाख लगानीमा उक्त बस्तीमा सुरक्षित आवास निमार्ण गरिदिएको खड्के बुढाले बताउनुभयो । २०३९ साल देखि वर्षेनी बस्तीमा बाढीले ठुलो क्षती गर्दै आएको र बस्ती जोड्ने झोलुङ्गे पुलले निमार्ण संगै कुतियाकवर बस्ती नेपाल संग जोडिन गएको उहाँले बताउनुभएको छ् । हालै नगरपालिका, बिभिन्न संघ–संस्था र नेपाली सेनाले कुतियाकवरबासीलाई बाढीको बेला ज्यान जोगाउन निमार्ण गरेको दुई वटा आवासले बाढीको बेला मानविय क्षती हुनबाट जोगाएको खड्के बुढाले बताउनुभएको छ् ।

महाकाली नदी र जगबुडा नदी बस्तीमा पसेर तहस नहस गरेको बेला स्थानीय बासिन्दाहरुले दुई वटै सुरक्षित आवास प्रयोग गरेका हुन् । दोधारा चाँदनी नगरपालिका कार्यालय, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को बाढीको पुर्व तयारी तथा प्रतिकार्यको लागी उक्त सुरक्षित आवास निमार्ण गरिएको हो । यस्तै नेपाली सेनाले सिघ्र प्रभावकारी परियोजना अन्तर्गत बस्तीमा बाढीबाट बच्न सुरक्षित आवास निमार्ण गरिएको बताईएको छ् ।

अर्का स्थानियबासी खिमा कडेंल शर्माले निमार्ण गरिएको दुई वटा सुरक्षित आवासको निर्माणले बाढीजन्य विपत्तिका समयमा उनीहरुलाई सुरक्षित स्थान प्राप्त गर्न मद्दत पुर्‍याउदै आएको बताउनुभएको छ् । जसले उहाँहरुको जीवन र सम्पत्तिको रक्षा गर्न महत्वपूर्ण योगदान रहेको उहाँको भनाई रहेको छ् ।

सुरक्षित आवासलाई निरन्तर सुधार र थप व्यवस्थापन गरेर भविष्यमा पनि यस्ता विपद्को सामना गर्न सक्षम बनाउने प्रयास नगरपालिकाले गर्न आवश्यक रहेको उहाँको भनाई रहेको छ् ।

निर्माण भए देखिनै सुरक्षित आवासले कुतियाकवर बस्तीका स्थानीयबासीहरुलाई बाढी जस्ता प्राकृतिक विपद्का बेला सुरक्षित आश्रय प्रदान गर्दै आएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छन् ।

 

ताजा समाचार