कञ्चनपुर : नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सुप प्रदेश सरकारले ल्याएको बजेटमा सत्ताधारीकै नेता कार्यकर्ता रुष्ट भएका छन । काँग्रेस र नेकपा एमालेको गठबन्धन सुप प्रदेश सरकारले ल्याएको बजेटमा सत्ताधारीकै नेता कार्यकर्ता रुष्ट भएका हुन । अधिल्लो नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेकपा एमालेकै गठबन्धन सरकारले बजेट ल्याएको थियो ।

तर उक्त बजेटमा काँग्रेस, एमाले गठबन्धन सरकारले असन्तुष्ट नभएपछि एकै आर्थिक बर्षमा दुई दुई पटक बजेट ल्याएका छन ।उतिबेला एमाले सांसद सुरेन्द्र पाल आर्थिक मामिलामन्त्री हुँदा ल्याएको बजेटमा स्वयम एमाले पनि अहिले काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागि भएर नयाँ बजेट ल्याएको छ ।
नयाँ बजेटमा पनि काँग्रेस, एमालेका जिल्लाका नेता कार्यकर्ताहरु रुष्ट भएका छन । दिर्घ सोडारी नेतृत्वको अधिल्लो सरकारले ल्याएको बजेटमा अहिलेको कमल शाह नेतृत्वको सरकारले बजेट कटौती गरेको भन्दै चौतर्फि असन्तुष्टी भईरहेको छ । उतिबेला सुरेन्द्र पाल आर्थिक मामिलामन्त्री हुँदा समावेसी बजेट आएको र अहिले बहादुर सिह थापा अर्थमन्त्री हुँदा सबै योजना काटिएको भन्दै सत्ताधारीकै नेता कार्यकर्ताहरु रुष्ट भएका छन ।

एमाले कञ्चनपुर निर्वाचन क्षेत्र २(ख)का नेता कार्यकर्ताहरु बर्तमान सुप प्रदेश सरकार अर्थमन्त्री बहादुर सिह थापासंग चरम रुष्ट भएका हुन ।नेकपा एमाले बेदकोट नगरका युवा नेता प्रविन बोगटीले आफ्नै निर्वाचन क्षेत्रमा रहेका विद्यालयको अहिलेका अर्थमन्त्री बहादुर सिह थापाले बजेट कटौती गरेको भन्दै दुख व्यक्त गरेका छन । बेदकोट नपा ६ सिसैयाको भुवनेश्वरीका अध्यक्ष समेत रहेका एमाले युवा नेता बोगटीले सुरेन्द्र पाल अर्थमन्त्री र सरल भाट सामाजिक विकासमन्त्री हुदा उनीहरुकै पहलमा विनियोजन गरिएको बजेट कटौती गरेको भन्दै आपत्ति जनाएका छन । तपाईकै निर्वाचन क्षेत्रमा पर्ने सामुदायिक विद्यालयको बजेट कटौति गरे वाफत भुवनेश्वरि माबि सिसैयामा अध्ययन गर्ने एक हजार विद्यार्थी र अभिभावकहरुले तपाईलाई प्रश्न गर्नेछन यस्तो बिभेदकारी र पुर्वाग्रहि पुर्ण व्यवहार सह्य हुदैन त्यसको पैचो हामी तिर्नेछौँ ।’ भन्दै प्रशन गरेका छन ।







