सुदूरपश्चिम पैरवी महिला सञ्जाल भीमदत्तका महिलालाई क्षमता विकास तालिम शुरु


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरका महिलालाई क्षमता विकास तालिम दिईएको छ । सुदूरपश्चिम पैरवी महिला सञ्जालका महिलाहरुलाई क्षमता विकास तालिम दिईएको हो । संञ्जिवनी नेपालले पैरवी महिला सञ्जालका महिलालाई जलवायु परिर्वतनले महिलामा परेको असर न्यूनिकरणका लागि क्षमता अभिबृद्धि तालिम लिईएको हो ।

बिहीबार महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले तालिमको उद्घाटन गर्दै तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयनमा जोडदिईन । प्रदेश सभा सदस्य भारतीले संञ्जिवनी नेपालले महिलाको क्षमता बृद्धि विकासका लागि थुप्रै भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएकी छिन । संञ्जिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले पछिल्ला दिनहरुमा जलवायुमा भईरहेको परिर्वतनले महिलामा परेको असर न्यूनिकरणदेखि विपद्का बेला महिलालाई क्षमता अभिबृद्धिका लागि तालिम संचालन गरिएको बताईन ।

उनले तीनदिनसम्म संचालन हुने तालिममा २५ महिलाको सहभागिता रहेको थियो । महिला अगुवा नेतृत्वकर्ता कञ्चन लामा मुख्य प्रंशिक्षक रहेकी छिन । शनिबारसम्मै तालिम संचालन हुनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img