कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक वनको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका ४ र ५ गुलरियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको २०औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त बार्षिक साधारण सभामा हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नित्यानन्द जेठाराले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनले पर्यावरण, वन्यजन्तु सरक्षणदेखि आम उपभोक्ताहरुको हक अधिकारका लागि थुप्रै कामकाज भएको बताए ।

अध्यक्ष जेठाराले ०५६सालदेखि वन सरक्षण समुह गठन गरेर ०६५सालदेखि वन दर्ता गरेर वनको विकास तथा समुहको उन्नतीका कामकाज अघि बढाईएको छ । झण्डै ५सय हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वन सरक्षणका कार्यक्रम गरिएका छन । गत आर्थिक बर्ष ०८२/०८३मा वनमा आश्रित परिवारलाई विद्युतीय चुलो वितरण, वन हेरालु परिचालन गरेर सरक्षण, अग्नी रेखा निर्माण, वन व्यवस्थापन गर्न २हेक्टरमा झाँडी सफाई, रातीकालिन गस्ती, तारबार निर्माण गरिएको छ ।

खेलाडीलाई खेलकुद समाग्री वितरण, दाह संस्कारका लागि निःशुल्क दाउरा वितरण, माछा पालन, घुम्ती कोष निर्माण, ग्वासी समैजीमा ५०हजार सहयोग, विपन्न बालबालिकालाई शैक्षिक समाग्री वितरण, खेलाडीलाई क्रिकेट सहयोग लगायतका थुप्रै वन सरक्षणदेखिका थुप्रै कामकाज गरिएका छन । अध्यक्ष जेठाराले सामुदायिक वनमा ढलापढादेखि विगतमा बैज्ञानिक वन व्यवस्थापनका लागि राखिएको काठ समेत बिक्रि वितरणका लागि वातावरण बनाउन आग्रह गरेको छ ।

सरक्षणमा थुप्रै कामकाज गर्दा सामुदायिक वनले गणेश मान सिह राष्ट्रिय पुस्कार प्रदान गरेको बताए । साथै दीगो वन सरक्षण पर्यापर्यटन, खेल मैदान निर्माण, वन हेरालु घुम्ती घोष, बेलकुण्डी १३औँ टोल अनुमोदित, वैकल्पिक उर्जा सहितका सरक्षणका कार्यक्रम पारित भएका छन । कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले हरियाली सामुदायिक वनले वन सरक्षणका लागि थुप्रै कार्यक्रम गरिएको बताए ।
सुदूरपश्चिम प्रदेशका निर्वतमान सासद महेश दत्त जोशीले हरियाली सामुदायिक वन सरक्षणमा नमुनाकै कामकाज गरेको बताए । सामुदायिक वन समन्वय समितिका अध्यक्ष समेत रहेका जोशीले वन, पर्यावरण बन्यजन्तुको उपचारका लागि वनले थुप्रै कामकाज गरेको बताउँदै काठ बिक्रि वितरणमा समेत प्रदेश सरकारले सहजिकरणमा जोडदिए । कार्यक्रमका प्रमुख अतिथि समेत उद्योग पर्यटन वन तथा वातावरणमन्त्री प्रकास रावलले सामुदायिक वनलाई सरक्षणदेखि पर्यापर्यटनकै रुपमा विकास गरिने बताए ।
उनले प्रदेशमा काठ आपूर्तिको स्थानीय माग अनुरुप प्रदेश सरकारले भूमिका निर्वाहमा प्रतिबद्धता जनाएका छन । हरियाली जस्तै अन्य सामुदायिक वनले समेत सरक्षणका कार्यक्रम संचालनमा जोडदिए । हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नित्यानन्द जेठाराको अध्यक्षतामा भएको कार्यक्रममा सरक्षणकर्मीदेखिका सरोकारवालाको सहभागिता रहेको थियो ।










