कञ्चनपुर : नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र १(क)बाट निर्वाचित सासद थापाको राजिनामा स्वीकृत भएको हो । सभामुख भीमबहादुर भण्डारीले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

चालु आर्थिक बर्ष ०८३/०८४का लागि ल्याएको बजेटमा उनी असन्तुष्ट हुदै राजिनमा दिएका थिए । यस अघि आफु र आफ्नै दल एमाले सम्मिलित रहेको एमाले सरकारकै पालामा समेत बजेटको विषयमा विवाद भएको थियो ।

योसँगै सुदूरपश्चिम प्रदेशसभामा अब एमालेका १० जना मात्रै सांसद रहेका छन् । यसअघि एमालेका ११ सांसद थिए । थापाले राजिनामा दिएसंगै पक्ष विपक्षमा टिकाटिप्पणी भईरहेको छ ।











