कृष्णपुरका वडाध्यक्षद्वय सिह र पाण्डेयलाई सम्मान


कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरका दुई वडाध्यक्षलाई सम्मान गरिएकोछ । कृष्णपुर नगरपालिकाकै एक सामुदायिक वनले वडाध्यक्षद्वय धर्म बहादुर सिह र टेक पाण्डेयलाई सम्मान गरेको हो । हरियाली सामुदायिक वन उपभोक्ता समुहले कृष्णपुर ४का वडाध्यक्ष सिह र ५का वडाध्यक्ष पाण्डेयलाई सम्मान गरेको जनाएको छ । शुक्रबार हरियाली सामुदायिक वनको २०औँ बार्षिक साधारण सभामा सम्मन गरिएको छ ।

वडाध्यक्षद्वय पाण्डेय र सिहले कृष्णपुर नगरको वन, पर्यावरण, बन्यजन्तु सरक्षणका साथै उपभोक्ता नागरिकहरुको प्राकृतिक हकहितका क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो । हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठारा, कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री प्रकास बहादुर रावल, निर्वतमान प्रदेश सभा सदस्य महेश दत्त जोशी, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दत्त जोशीले उनीहरुलाई प्रमाण पत्र, दोसल्ला सहित सम्मान गरिएका छन ।

वडाध्यक्षद्वय सिह र पाण्डेय सहित वनले डिजिन वन कार्यालय कञ्चनपुर, सव डिभिजन वन कार्यालय वाणी, सामुदायिक वन समन्वय समिति(सिएफसिसीसी), अधिक सर्प नियन्त्रणमा लिने सरक्षणकर्मी दिप बहादुर हमाल, सहितका जेष्ठ नागरिक सरक्षणकर्मीलाई सम्मान गरिएको छ । सम्मानित भएका वडाध्यक्षद्वय पाण्डेय, सिह सहितका व्यक्ति निकायले सरक्षणका क्षेत्रमा हौसला प्रदान भएको बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img