रमेश प्रशाद भट्ट / कञ्चनपुर : कञ्चनपुरमा पनि ७१औँ प्रहरी दिवस मनाईएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिवस मनाएको हो । कार्यक्रममा पुर्व प्रहरीदेखिका नागरिक अगुवाहरुले प्रहरीले आफ्नै वडाहाकिमदेखिका अन्य ठुला बडाको चाकरी गर्नुभन्दा जनताको काममा खटिन ध्यानाकर्षण गराएका छन ।

पुर्व प्रहरी सगठनका अध्यक्ष खडक सिह विष्टले प्रह्रीले आफ्नै हाकिमदेखि बाह्य शक्ति केन्द्रको चाकरी भन्दा जनमुखी काम गर्न सुझाव दिए । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्टले पनि पारदर्शी भएर कामकाजमा सुझाव दिए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले निष्पक्ष भएर कामकाजका साथै आम पत्रकारलाई समयमै सूचना प्रवाहमा जोडदिए ।

अमर प्रहरीका तर्फबाट सिता बोहराले पनि प्रहरीले थप जनमुखी काममा सुझाव दिए । भीनपा १८का वडाध्यक्ष रविन्द्र देवकोटाले प्रहरी प्रमुख दान बहादुर कार्कीले रचेको गित आम म खरानीबाट उठेर आए जस्तै स्थानीय स्तरमा खटिनुपर्नेमा जोडदिए । कार्यक्रममा प्रहरी प्रमुख दान बहादुर कार्कीले दिएको सन्देश पढ्दै कञ्चनपुरका सूचना अधिकारी समेत रहेका डिएसपी टेक बहादुर रावतले प्रहरी अहोरात्र खटिने बताए ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले नियमित दिवस मनाउँदै प्रहरीले थप शान्ति सुरक्षामा प्रभावकारीमा प्रतिबद्धता जोहर गरेका छन । प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले प्रहरीले शान्ति सुरक्षामा बिना व्यक्तिगत स्वार्थ दत्तचित्त भएर कामकाजमा खटिनुपर्नेमा जोडदिए । उत्कृष्ट काम गर्ने प्रहरीहरुलाई सम्मान एव पुरस्कृत गरिएको
थियो ।










