भीमदत्त ११का महिला स्वास्थ्य स्वयमसेविका र सहयोगीलाई साईकल


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले महिला स्वास्थ्य स्वयमसेविका र कार्यालय सहयोगीलाई साईकल वितरण गरेको छ । भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले महिला स्वास्थ्य स्वयमसेविका र कार्यालय सहयोगीलाई साईकल वितरण गरेको हो ।

भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले गत आर्थिक बर्ष ०८०÷०८१कै योजना अनुरुप वडा कार्यालयले महिला स्वास्थ्य स्वयमसेविका र कार्यालय सहयोगीलाई साईकल वितरण गरेको बताए । वडाध्यक्ष थापाले ९ महिला स्वास्थ्य स्वयसेविका र २ महिला कार्यालय सहयोगीलाई एक÷एक साईकल वितरण गरिएको बताए ।

वडाध्यक्ष थापाले महिला स्वास्थ्य स्वयमसेविका र सहयोगी कर्मचारीहरुलाई दैनिक कामकाजमा सहजता भएको बताए । साईकल पाएपछि महिला स्वास्थ्य स्वयमसेविका र महिला कार्यालय सहयोगी कर्मचारी हर्षित भएका छन । उनीहरुले दैनिक कार्यालय आउनदेखि जनताको काममा खटिन सहज भएको बताएका हुन ।


Loading Viewer...

ताजा समाचार

spot_img