निजामती कर्मचारी संगठन कञ्चनपुरकाे प्रशिक्षण कार्यक्रम, संगठन शुद्विकरणमा जाेड


रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । शनिबार महेन्द्रनगरकाे चेतन हाेटलकाे सभा कक्षमा एक कार्यक्रमका माझ जिल्ला स्तरिय प्रशिक्षण तथा संगठन शुद्धीकरणमा जाेड दिदै कार्यक्रम सम्पन्न गरेकाे हाे ।संगठनका कञ्चनपुर जिल्ला अध्यक्ष मान बहादुर चन्दकाे सभापत्व तथा केन्द्रीय अध्यक्ष लेखनाथ काेईरालाकाे प्रमुख आतिथ्यता र केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण बिभाग प्रमुख भवानी दहाल, डा हिरा चन्द,  केन्द्रीय सदस्य प्रताप चन्द, सुदूरपश्चिम प्रदेश महासचिव महादेव जाेशीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएकाे छ ।

कार्यक्रममा संगठनलाई थप बलियाे बनाउन शुद्धीकरण गरि अघि बढनु पर्नेमा जाेड दिदै प्रशिक्षण कार्यक्रम गरिएकाे जिल्ला अध्यक्ष चन्दले बताउनु भयाे । संगठनका केन्द्रीय अध्यक्ष काईरालाले सबै तह र तप्कामा कार्यरत कर्मचारीकाे हक, अधिकारकाे पक्षमा संगठन अडिक रहेकाे कुरा जाहेर गर्नु भयाे । उनले कार्यक्रममा बाेल्दै भने “संघिय निजामति ऐन छिट्टै जारी गरिन लागेकाे भन्दै त्यसमा संघ, प्रदेश र स्थानिय तहमा कार्यरत कर्मचारी अटाउने गरी ऐन जारी हुने कुरा बताउनु भयाे ।”

सत्ताधारी निकट कर्मचारी संगठनका अध्यक्ष भएकाले पनि उनले अगाडि भने `हामिले सरकारसंग हाम्रा कर्मचारीका समस्यालाई सम्बाेधन हुने खालले ऐनबाट समाधान गरिने कुरामा आफु ढुक्क भएकाे बताउदै त्यसाे नभए हामी फेरि राज्यसंगकाे लडाईबाट विमुख नहुने बताए ।´अहिले सबै भन्दा मारमा स्थानिय तहमा कार्यरत कर्मचारी रहेका भन्दै केन्द्रीय अध्यक्ष काेईरालाले भने `संघय निजामति ऐेन जारी हुनेवित्तीकै ऐेनबाट त्यसाे समस्या समेत हल हुने धारणा उनले ब्यक्त गरे ।´उहाँले संगठन बलियाे बनाउन सबै तहमा रहेका कर्मचारी साथिहरूले आ-आफ्नाे ठाउँबाट खटिन र व्यक्तिगत स्वार्थबाट माथि उठेर संगठनकाे हितमा काम गर्न समेत अनुराेध गरे ।

संगठनका केन्द्रीय सदस्य प्रताप चन्दले सुदूरपश्चिममा संगठन अहिले राम्रो अवस्थामा रहेकाे र त्यसलाई अझ बलियाे बनाएर अघि बढनु पर्ने धारणा व्यक्त गर्नुभयाे । उहाँले भने `कञ्चनपुरमा संगठनकाे अवस्था सबै जिल्ला भन्दा राम्रो छ, सबै साथिहरूले थप सदस्यता बढाउन आवश्यक रहेकाे र त्यसमा सबै स्थानीय तहमा रहेका साथिहरूले थप जिम्मेवार भएर लाग्न अनुराेध गरे ।´हाललाई संगठनले गर्नु पर्नेकाम अन्तरगत संगठन शुद्धीकरणलाई निरन्तरता, संघिय निजामती ऐेन संसदबाट तत्काल जारी गर्न दवाफ सिर्जना गर्ने र संगठनलाई थप मजबुद बनाउन प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिईने कार्यक्रम रहेकाे निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष चन्दले बताउनु भयाे ।

केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण बिभाग प्रमुख भवानी दहाल र डा हिरा चन्द ले प्रशिक्षण दिनुभएकाे थियाे । चन्दले संगठनको बारेमा र दहालले आन्तरिक संगठन सुदृढीकरण तथा बैठक सञ्चालन लगायत बिषयमा प्रशिक्षण दिनु भएकाे थियाे ।कार्यक्रममा केन्द्रीय अध्यक्ष, प्रदेश र जिल्लाका सबै स्थानिय तहमा कार्यरत कर्मचारी नेताहरूकाे सहभागितामा प्रशिक्षण तथा संगठन शुद्धीकरण कार्यक्रम गरिएकाे थियाे ।


Loading Viewer...

ताजा समाचार

spot_img