झलारी : शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा रहेको बखारी कृषि सहकारी संस्थाको नवौं साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष हरिदत्त भट्टको सभापतित्वमा सम्पन्न साधारण सभामा रु ५६लाख ५६ हजार एक सय ९६ को आय व्ययको विवतरण प्रस्तुत गरिएको थियो ।

साधारण सभाका प्रमुख अतिथिमा वडा अध्यक्ष भोंदुराम डगौरा रहनु भएको थियो । अतिथिमा वडा सदस्य शान्ति बिष्ट, डवल बहादुर ऐर, सिताराम डगौरा, सिता नेपाली, नगरपालिकाको उद्योग शाखका धन बहादुर चौधरी, अस्थायी प्रहरी चौकी वन्साहका प्रहरी नायव निरीक्षक गणेश सिह बोहरा लगायत रहनु भएको थियो ।







