पप्पु गुरुङ्ग, दोधारा । जगबुडा नदीको जग्गा कटान प्रभावितहरुले बस्ती जोगाइदिन सरकार संग माँग गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती जगबुडा नदीको कटानीको कारण उच्च जोखिममा छ् । हाल स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले उक्त बस्ती जोगाउन अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरेको छ् । उक्त स्थानमा पक्की तटबन्ध निर्माण गरी सो क्षेत्रको उर्वरक भुमीको साथै बस्ती जोगाईदिन हुन अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले नेपाल सरकार संग माँग राखेका छन् । भारतको अधिनमा रहेको जगबुडा नदीले हिउद र वर्षा दुबै समयमा नदीले कटान तीव्र पार्दै आएको हुदा बस्ती अतिनै जोखिममा परेको स्थानियबासी सन्त बहादुर सुनारले बताउनुभएको छ् ।
भारत संग जोडिएको अठार नम्वर पिल्लर बस्ती बिस्तापित भए भारतियहरुले जग्गा अतिक्रमण गर्ने उहाँले बताउनुभएको छ् । स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले बस्ती जोगाउन निकै प्रयत्न गर्दै आएपनि प्रदेश सरकार र संघिय सरकारले अठार नम्वर पिल्लर बस्ती जोगाउन बजेट बिनियोजन गर्नु पर्ने स्थानियबासी सन्त बहादुर सुनारको भनाई रहेको छ् । केही दिन अघि नगरपालिका क्षेत्रमा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको हो ।
बाढीको कारण बस्ती बिस्तापित भए, भारतले अठार नम्वर पिल्लर बस्तीको जग्गा अतिक्रमण गर्ने पक्का भएको स्थानियबासी गणेश सुनारको दावी छ् । सिमा क्षेत्रमा रहेको भुमी अठार नम्वर पिल्लर बस्तीका ८ घरधुरीले बचाउदै आएको बताउनु हुदै स्थानियबासी गणेश सुनारले तत्काल भारतिय अतिक्रमणबाट नेपाली भुमी बचाउन अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्ध निमार्ण गर्नु अपरिहार्य भएको बताउनुभएको छ् । जगबुडा नदीले कटानी गर्दै नदी घर आंगनमा पुग्न थालेको बारेमा जनप्रतिनिधीहरुलाई ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको उहाँको गुनासो छ् । बस्तीलाई नदी कटानीबाट जोगाउन पक्की तटबन्ध नभएकै कारण नदीले जग्गा कटानी गरि बस्ती नजिक नदी पुगेको गणेश सुनारले बताउनुभयो । जगबुडा नदीले तीव्र रुपमा कटान गरिरहेकाले कुनै पनि बेला ठुलो विपत्ती निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्काल राज्यका निकायहरुको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बस्तीका अर्का स्थानिय सरस्वती भाट बताउनुहुन्छ् ।
जगबुडा नदी संगै बस्ती नजिक बग्ने नालाले समेत जग्गा कटानी गरेको उहाँले बताउनुभएको छ् । स्थानिय सरकारले बस्तीको पिडामा सघाउदै आएपनि प्रदेश सरकार र संघिय सरकारले बस्ती बचाउन खासै चाँसो नदेखाएको सरस्वती भाटको भनाई रहेको छ् । स्थानिय सरकारले पक्की तटबन्ध निमार्ण गर्न नसक्ने भएपछि झण्डै एक साता देखि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु संघिय सरकारका मन्त्रालयमा नदी कटानको समस्या लिएर बिभिन्न मन्त्रालयहरु धाउदै आउनुभएको छ् ।
आठ घरधुरी बसोवास गर्ने अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुको सबै थोकमा भारतीय बजार संग सम्बन्ध छ् । नानीहरुको पठन पाठन देखि लिएर गाँउ, बस्तीमा हुदै आएको कलह भएपछि भारतीय ग्राम पञ्चायतमा उनीहरु धाउने गर्दछन् ।