कञ्चनपुर : पछिल्ला बर्षहरुमा नेपालमा हवाई यात्रा असुरक्षित बन्दै गएको छ । जहाज तथा हेलिकेप्टर दुर्घटनाक्रम नरोकिएपछि नेपालमा हवाई यात्रा असुरक्षित बन्दै गएको हो । ९ साउनमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल काठमाण्डौँबाट पोखराका लागि उठान भरेको सौर्य एयरलाईन्सको जहाज दुर्घटना भएको १५ दिनमै फेरी हेलिकेप्टर दुर्घटना भएको छ । एयर डाईनेष्टीको हेलिकष्टर दुर्घटना भएको हो ।

एयर डाइनेस्टीको (एन–एजेडी कलसाइनको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटना भएको छ । दिउँसो १ः५४ बजे काठमाडौंबाट उडेको हेलिकोप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर (सुइरेचौर)मा दुर्घटनामा परेको हो ।
चारजना चिनियाँ लिएर रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको हेलिकोप्टर सूर्यचौरमा दुर्घटना भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए । हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित पाँचजना सवार रहेको बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो।

दुर्घटनाको खबर प्राप्त भएपछि उद्धारका लागि प्रभु एयरको (एन–एएनएल कल साइनको हेलिकोप्टर पठाइएको थियो । एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ। गत बर्षपनि पोखरामा जहाज दुर्घटना भएको थियो । यस बर्ष ०८१ साउनमै दुई जहाज दुर्घटना भएपछि यात्रु त्रसित भएका छन । १५ दिनकै अवधिमा दुई÷दुई दुर्घटनाले नागरिक चिन्तित भएका हुन । सरोकारवाला निकायका प्रतिनिधीले दुर्घटना भएकै दिन गोहीका जस्ता आँशु खसाल्ने, दुर्घटना स्थल पुगेर फोटोसेसन गरिएको भन्दै नागरिकले दिर्घकालिन हवाई यात्रा सुरक्षित हुनुपर्नेमा जोडदिएका छन ।







