कञ्चनपुर : महिला पतंजली योग समिति कञ्चनपुरले भीमदत्त नगरपालका वडा न. १५ खैरभट्टीमा निःशुल्क योग शिविर संचालन गरेको छ ।

विष्णु प्रसाद खरेलको सभापतित्व संचालन भएको कार्यक्रममा भीमदत्त नगरपालिका वडा न. १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिहरु पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य वलराज भट्ट, पंतजली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृण जोशी, पतंजलीका आजीवन सदस्य कमला सापकोटा, वडा न १५ र १८ का वडा सदस्य द्वय नर वहादुर भण्डारी, पदम वहादुर चन्द, वडा न. १५ का निवर्तमान अध्यक्ष भिम वहादुर शाहु, पतंजलीका नगर अध्यक्ष पवन पेनेरु लगायतको उपस्थिति रहेको थियो । गाँउ–गाँउ, टोल–टोलमा योगको विस्तार गरि आम नागरिकलाई निरोगी वनाई सभ्य समाजको निर्माण गर्ने उद्देश्यका साथ शिविर संचालन गरिएको हो ।

कमला सापकोटाले प्रशिक्षण गर्नु भएको उक्त कार्यक्रममा स्थानिय आम नागरिक वुद्धिजिवी, समाजसेवी, महिला लयायत ५० जना सहभागि भएको कुरा पतंजली योग समिति कञ्चनपुरका सहमिडिया प्रभारी हेमराज भट्टले जानकारी दिनु भयो । उक्त कार्यक्रमको संचालन महिला पतंजली योग समितिका उपाध्यक्ष भावना के.सि. ले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य सहमिडिया प्रभारी हेमराज भट्टले राख्नु भएको थियो भने योग शिविर निरन्तर रुपमा संचालन हुने कुरा समेत जानकारी दिनु भयो ।

