कञ्चनपुर । ‘हाम्रो आवाज : चेलीबेटी बेचबिखन मुक्त समाज’ नारा सहित कञ्चनपुरको भिमदत्त नगरपालिका– १४ ‘राना थारु सामुदायिक होमस्टे’ मा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखनको बढ्दो जोखिम न्यूनीकरण गर्न राना समुदायका किशोरीलाई अनुशिक्षण सम्पन्न गरेको छ् । मानव बेचबिखनको जोखिममा रहेका राना थारु समुदायका किशोरीहरुको सहभागितामा एक दिने कानुनी प्रशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । विशेष गरि कमजोर घरपरिवारलाई लक्षित गरि सम्भावित जोखिमलाई रोक्न कानुनी अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । बढ्दो सामाजिक सञ्जालको दुरुपयोग तथा मोबाइल फोनको दुरुपयोगले विभिन्न समुदायमा बढ्दै गएकोले किशोर, किशोरी र महिलालाई सम्भाव्य जोखिम बाट बचाउन बेलैमा जागरुक गराउनु पर्ने बताउदै माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले अशिक्षा, बेरोजगारी, प्रलोभन, देखासिकी, झुठा माया, प्रेम सम्बन्ध, मोबाईल फोन लगाएत सामाजिक सञ्जाल मानव बेचबिखनका आधारभूत कारण रहेको कार्यक्रममा बताउनुभएको छ् ।


अनुशिक्षणमा मानव बेचबिखन तथा ओसारपसारको परिभाषा ,बेचबिखन हुनुका कारण, यसको बदलिंदो स्वरुप, सम्भाबित जोखिम, दलालले अपनाउने हतकण्डा, प्रचलित कानुनी प्रावधान लगायत बाल यौनदुचार, बाल यौन दुव्र्यवहारका बारेमा सहभागिहरुलाई जानकारी गराईएको छ् । चेलीबेटी बेचबिखन विरुद्ध सचेतना फैलाउन अत्यन्त आवश्यक देखिएको समयमा माइती नेपालले सञ्चालन गरेको कार्यक्रम अर्थपुर्ण रहेको भिमदत्त– १४ का वडा सदस्य मान बहादुर बिष्टले बताउनुभयो । वडा सदस्य बिष्टले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानुनी अनुशिक्षण सञ्चालन गरेकोमा माईती नेपाल कञ्चनपुरलाई धन्यवाद दिनुभएको छ् ।

कार्यक्रममा सहभागीहरुले माईती नेपालले आफ्नो बस्तीमा सञ्चालन गरेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा आफ्नो तथा समुदायको भुमिका के हुने भन्ने बारे सिक्न पाएकोमा भन्दै खुशी ब्यक्त गरेका थिए । सहभागीहरुले मानव बेचबिखन तथा ओसारपसार समाजकै कलंक रहेको भएको भन्दै यसको रोकथामको लागी आफुहरु प्रतिबद्ध भएर लाग्ने बताए । कार्यक्रममा राना थारु समुदायका २० जना सहभागी रहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।











