दोधारा चाँदनीमा एसपीएल–२ अन्डर–१६ टी–२० क्रिकेट प्रतियोगिता सुरु


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एसपीएल–२ अन्डर–१६ टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको छ् । दोधारा चाँदनी नगर खेलकुद समितिको आयोजनामा वडा नं.२ स्थित खेल मैदानमा आयोजित प्रतियोगितामा नगर क्षेत्रका ९ वटा विद्यालयका टोली सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन समारोह अन्तर्गत भएको पहिलो खेलमा नोबेल एकेडेमीले सगरमाथा विद्या मन्दिरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ्् । टस जितेर पहिले ब्याटिङ गरेको नोबेल एकेडेमीले निर्धारित १५ ओभरमा १ सय ६ रन बनाएको थियो ।

१ सय ७ रनको लक्ष्य पछ्याएको सगरमाथा विद्यामन्दिरले निर्धारित १५ ओभरमा ७२ रन मात्रै बनाउन सक्यो । यस संगै नोबेल एकेडेमीले पहिलो खेलमा जित हात पारेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५७ रन बनाउनुका साथै ३ विकेट समेत लिएका नोबेल एकेडेमीका आयुष पुजारा म्यान अफ द म्याच घोषित भएका थिए ।

उद्धघाटन कार्यक्रममा जनप्रतिनिधी, नगर खेलकुद समितिका पदाधिकारी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताले नगर क्षेत्रका विद्यालय स्तरका युवा क्रिकेट खेलाडीहरुको प्रतिभा पहिचान र खेलकुद विकासमा सहयोग पुग्ने नगर खेलकुद समितीले बिश्वास लिएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img