कञ्चनपुर : घजन्य अपराधका दोषिलाई मृत्युदण्ड दिनुपर्ने माग अघि सारेर कञ्चनपुरको महेन्द्रनगरमा हस्ताक्षर अभियान संकलन गरिएको छ । मृत्युदण्डवादी नागरिक अभियान नेपाल नामक गैर सरकारी संस्था(एनजिओ)ले सोमबार देखि कञ्चनपुरको महेन्द्रनगरमा हस्ताक्षर अभियान संकलन गरिएको हो ।

‘सबैलाई समानता सबैलाई न्याय, अपराधीलाई मृत्युदण्डसम्मको सजाय, बाल अधिकारदेखि बृद्ध अधिकारसम्मको सुरक्षा ग्यारेन्टी, शान्त, सम्बृद्धि नेपाल सुखी नेपाली’ मुल नारा अघि सारेर कञ्चनपुर सहितका जिल्लाहरुमा हस्ताक्षर संकलन गरिने उक्त अभिायनले जनाएको छ । मृत्युदण्डवादी नागरिक अभियान नेपालका संयोजक नुर प्रसाद अधिकारीले भ्रष्टाचार, बलात्कार, हत्याहिन्सा, देशद्रोहीका घटनामा संलग्नहरुलाई मृत्युदण्ड दिए मात्रै देश बन्ने नागरिकले न्याय पाउने भएकाले देशभर जनताको भावना संकलन गरिरहेको बताए ।

उनका अनुसार कञ्चनपुरको महेन्द्रनगर सहित विभिन्न स्थानबाट हस्ताक्षर संकलन गरेर अन्य जिल्लाहरुमा समेत संकलन गरिने बताए । उनले देशलाई कस्तो बनाएर कसरी बस्ने, कस्तो नीति, नियम बनाएर जिवन जिउन बारे नेपालीकै हातमा भएकाले भन्दै एकजुट हुन आब्हान गरेका छन ।











