माइती नेपालको यातायातकर्मीलाई प्रशिक्षण सहयोगको प्रतिबद्धता संगै सहभागीले पोखे गुनासो


मंगल जोशी/कञ्चनपुर : माइति नेपाल कञ्चनपुरले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि यातायातकर्मीलाई एक दिवसिय अनुशिक्षण प्रदान गरेको छ । कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बाट सिमावर्ती क्षेक्र गड्डाचौकी, ब्रम्हदेव र दोधाराचांदनी रुटमा चल्ने अटो चालकहरुलाई अन्तरत्रियात्मक अनुशिक्षण प्रदान गरेको हो ।

दशैं तिहार जस्ता ठूला चाडपर्वको अवशरमा मानब बेचविखनको अफराधमा संग्लग्न ब्यक्तिहरु सत्रिय हुने सम्भावना र जोखिम पनि उच्च रहने हुंदा सो जोखिम यातायातकर्मीको सहयोग र समन्वयमा न्यूनीकरण गर्न सहज हुने सम्भावनालाई मध्यनजर गर्दै अनुशिक्षण प्रदान गरिएको माइती नेपालले जनाएको छ । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार यूतो चाडवाडका बेला बढ्ने मानव बेचविखन तथा ओसारपसारको जोखमिमामा यातायातकर्मीको महत्वपुर्ण भुमिका हुन्छ । संयोजक भट्टले भन्नु भयो– मानव बेचविखनमा संलग्न अपराधीहरु यस्तो मौका पर्खीरहेका हुन्छन् । उनीहरुको एक सुचना मात्रैले पनि बेचविखनको जोखिममा रहेका महिला तथा बालबालिकालाई समयमै जोगाउन सकिन्छ ।

मानव बेचविखन गर्नका लागि मान्छेको ओसारपसार गर्न सवारी साधनको अनिवार्य प्रयोग गरिन्छ । चाहे यात्रा लामो दुरीको होस् वा छोटो दूरीका होस् । सवारी साधनको प्रयोग भएकै हुन्छ । ती प्रयोग गरिएका सवारी साधनका यात्रु यातायातकर्मीका प्रत्यक्ष निगरानीमा रहेका हुन्छन । आफ्नो सवारी साधनमा सवार यात्रुका हरेक गतिविधिहरु सवारी चालक/सहचालकले नजिक बाट नियाली रहेका हुन्छन । को यात्री निर्धक्क यात्रा गरि रहेछन् , कुन कुन यात्रीका गतिविधि शंकास्पद छन् ? यी सबै कुरा यातायातकर्मीलाई यात्राका दौरान थाहा भईसकेको हुन्छ । यस्तोमा बेचविखनको जोखिममा रहेका महिला तथा बालबालिकालाई बेचविखनमा पर्न बाट जोगाउन सकिने भएकाले यातायातकर्मीको भूमिका प्रष्ट पार्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।

कार्यक्रमको छलफल सत्रमा सहभागिहरुले माइती नेपालका कार्यक्रम तथा गतिबिधि उत्कृष्ट रहको भन्दै सह्राना गरे । सहभागी मध्येका एक रघु नाथले भने– “आजको यस कार्यक्रममा हामी यातायातकर्मीले धेरै कुराहरु सिक्न, जान्न र बुझ्न पायौं । हामीहरुमा मानवीयता र समाजसेवाको अझ जिम्मेवारी थपिएको बोध भएको छ । हाम्रा दिदीबहिनी, बालबालिक बेचविखनको शिकार नहुन भनी अब हामी जिम्मेवार र सतर्क रहने छौं । आफ्नो दैनिक पेशागत जिम्मेवारी बहन गर्ने क्रममा यदि हामीले कुनै शंकास्पद गतिविधिको यात्रु फेला परेको अवस्थामा सर्वप्रथम माइति नेपाललाई जानकारी गराउने फ्रतिबद्धता व्यक्त गर्दछौं ।”

कार्यत्रमका सहभागीहरुले प्रशंसा मात्र गरेनन् । आपत्ती र गुनासो पनि राखे । महेन्द्रनगर बाट गड्डाचौकी सम्मको यात्रामा ठांउठांउमा हुने चेकजांचका कारण यात्रुले अनाहकमा सास्ती भोग्नु पर्ने र आफुहरुलाई पनि बित्थामा तनाव हुने गरेको सहभागीहरुको गुनासो थियो । सहभागीहरुको प्रतिनिधित्व गर्दै कृष्ण बिक्रम कुंवरले भने–“महेन्द्रनगर–गड्डाचौकीको बिचमा ठांउ ठांमा गरिने चेकजांचले यात्रुलाई त परेशानी हुन्छ नै हामीहरुले पनि अनयाशै तनाव खेप्नु पर्छ । चेकजांज भन्दै यात्रुले सोधपुछका नाममा घण्टौं पर्खाई दिंदा यात्रुले त पीडा भोग्न पर्छ नै । हाम्रो पनि समय बरबाद हुन्छ । आखिर यही पेशा बाट हुने कमाईले हामीले परिवार पाल्नु छ , बालबच्चा हुर्काउनु छ । पांच मिनेट लाग्ने बाटोमा आधा आधा घण्टा पर्खिनु परे हामीले कति खेर कमाउने र घरपरिवार कसरी पाल्ने ? यात्रुले पनि आफ्नो गन्तब्यमा उचित समयमा पुग्नुपर्ने हुन्छ ।”

सहभागी कुंवरले महेन्द्रनगर–गड्डाचौकी रुटको बिचमा पर्ने सुखासाल स्थित एक संस्थालाई ईङ्गगित गर्दै भने–“उनीहरु त्यहां बसेर किन दुःख दिई रहेछन् । के जहां अरु संघ संस्था बसेर काम गर्दैछन्, त्यहीं बसेर सामुहिक रुपमा काम गरे हुंदैन ? गड्डाचौकी नाकापारी पनि त्यत्रो बस्ती छ । त्यंहाका स्थानीयबासीलाई पनि बिनाकारण चेक जांचका नाममा अनाहकमा दःुख दिने गरिएको छ ।” यसरी ठांउठांउमा हुने चेकजांचले यात्रु र यात्रा दुवैले दुःख भोग्नु परेकोले यो समस्याको समाधानका लागि माईती नेपाललाई आवश्यक पहल कदमी गरिदिन आग्रह गर्दै सम्बन्धित सरोकारावाला निकाय संग यो समस्या तत्काल समाधान गर्न माग गरे ।


Loading Viewer...

ताजा समाचार

spot_img