कञ्चनपुर : कञ्चनपुर जिल्लाको समग्र शिक्षामा बेथिति बढेको भन्दै अखिल क्रान्तिकारी फिल्डमा उत्रिएको छ । समग्र शिक्षामा बेथिति बढेको भन्दै नेपाल कम्युनिष्ट पाटी(नेकपा) निकट अखिल क्रान्तिकारी फिल्डमा उत्रिएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले सोमबार शिक्षा विकास तथा समन्वय इकाई केन्द्र र भीमदत्त नगरपालिका ज्ञापन पत्र बुझाएको बताए ।

उनका अनुसार शिक्षा विकास र भीमदत्त नगरपालिकामा तीन बुँदे ज्ञापन पत्र बुझाएको छ । छात्रबृति पारदर्शी बनाईनुपर्ने, विद्यार्थीको यातायात सुरक्षा र शिक्षकको श्रम सम्मानको माग अघि सारेर ज्ञापन पत्र बुझाएको जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई र भीमदत्त नगरपालिकाले अखिल क्रान्तिकारीले उठान गरेका विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै छात्रबृति, विद्यार्थी यातायात सुरक्षादेखि शिक्षकको पारिश्रमिक बारे पुर्नविचार गरिने जनाएको छ । क्रान्तिकारीले उक्त तीन बुँदे मागप्रति वेवास्ता गरे सातदिन पछि आन्दोलनको चेतावनी दिएका छन ।











