भीनपा १५ गोवरैयाका किसान कालुसिंह रानाको परालमा आगलागी

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका १५ मा एक किसानको परालमा आगलागी भएको छ । कालिका टोल निवासी कालू सिंह रानाको अन्दाजी १ बिगाह जमिन बराबरको परालमा मंगलवार दिउँसो करिब ४ बजे आगलागी भएको हो । आगलागीबाट करिब ६० प्रतिशत पराल जलेर नष्ट भएको वडा सदस्य हरी प्रशाद भट्टले जानकारी दिएका छन् ।
फोहर जलाउने क्रममा आगो टिपेर परालमा आगजनी भएको आशंका रहेको उनले बताए । आगजनी भएको स्थानियहरुले थाहा पाएपछि सबै गाउँले स्थानियहरुको सहयोग र नगरपालिकाको दमकलले आगलागीलाई नियन्त्रणमा लिन सफल भएको वडा सदस्य हरी प्रसाद भट्टले बताए । समयमै जानकारी पाउँदा गाउँका युवा महिला बालबालिका लगायत दमकलको सहायताले गर्दा बढी क्षती हुन नपाएको उनले बताए ।
यो विषयमा वडामा कुरा राखेर पिडित रानालाई के कती सहयोग गर्न सकिन्छ उक्त विषयमा छलफल गरी सहयोग गरिने वड सदस्य हरी प्रसाद भट्टले आश्वासन दिए । यता पिडित किसान रानाले आगलागीबाट आफनो पराल नष्ट भएको बताए । साथै उनले स्थानिय सरकार समक्ष केही राहत अथवा सहयोग गरिदिन आग्रह गरेका छन् । त्यही पराल बेचेर केही गुजारा चलाउने योजना रहेको भएपनि पराल जलेपछि आगामी दिनमा समस्या हुने उनले बताए ।

ताजा समाचार