बेलडाँडी युवा समाजको आयोजकमा यही देखि क्रीकेट मेला-२०८० हुने

केशब थापा/कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा बेलडाँडी युवा समाजको आयोजकमा प्रथम टि-२० बेलडाँडी क्रीकेट मेला-२०८० को ट्रफी प्रतियोगिता हुने भएको छ । आज मंगलबार बेल्डाँडी युवा समाज आयोजकले गरेको पत्रकार सम्मेलन कार्यक्रम मार्फत प्रमुख अथीतीमा बेल्डाँडी गाँउपालीका प्रमुख हरीसचन्द्र रानाकाे र बिशिस्ट अथिति पालीका उपप्रमुख शान्ती नाथ,पत्रकार लगायत स्थानिय खेलाडीको उपस्थितिमा बेलडाँडी क्रीकेट मेला-२०८० को ट्रफी सार्वजनिक गरेको हो ।
शुभ दिपावलीको उपलक्ष्यमा हुन गइरहेको बेलडाँडी क्रीकेट मेला प्रतियोगिता यही कार्तिक १७ गते देखि २५ गतेसम्म रौलेश्वर स्कूलको प्राङ्गणमा सञ्चालन हुने बेल्डाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्टले जानकारी दिएका छ । प्रतियोगितामा पहिलो हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, प्रमाण पत्र,मेडल पुरस्कार रहेको छ भने दोस्रो हुने टिमलाई २५ हजार ५ सय २५रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र,मेडल पुरस्कारको व्यवस्था गरिएको छ । टिम दर्ताका लागि ४ हजार ५ सय शुल्क लाग्ने र टीम दर्ता मिति कार्तिक १५ गते देखि २७ गते सम्म रहेको आयोजकले जनाएको छ ।
उक्त कर्यक्रममा प्रमुख अथीती प्रमुख हरीसचन्द्र रानाले युवाहरुलाई लागू औषधदुव्र्यसन बाट टाढा राख्न युवाहरुको व्यस्तताको लागि खेल आवस्यक रहेको भन्दै क्रीकेट खेललाई अगाडि बढाउन पालिका वा आफुबाट हुने सक्दो सहयोग गरिने बताएका छन्। बिशिस्ट अथिति पालीका उपप्रमुख शान्ती नाथले स्वास्थ्यको लागि खेलको महत्व रहेको भन्दै बेल्डाँडी खेलाडीहरूको लागि खेल मैदानको आवश्यक रहेको भन्दै आफुबाट हुने पहल र सक्दो सहयोग गर्ने बताउँदै स्थानिय खेलाडीहरुलाई प्राथमिकता दिनमा जोड् दिएकी छन् ।

ताजा समाचार