लोक कल्याणकारी सेवा ट्रष्टद्वारा संकलित कर्बाड बिक्रिको तयारी

कञ्चनपुर : लोक कल्याण्कारी सेवा ट्रष्टले गत बर्षदेखि संकलन गरेको कर्बाड बिक्रिको तयारी गरेको छ । गैरक्षार्थ फोहोरबस्तु लोक कल्याणकारी सेवा ट्रष्टले संकलित भएको कर्बाड बिक्रिको तयारी गरेको हो । लोक कल्याणकारी सेवा ट्रष्टका संरक्षक हरिशरण महाराजले फोहोरलाई मोहोर बनाउने उदेश्यले संकलन गरिएको कवार्ड बिक्रिको तयारीमा रहेको बताए ।
उनका अनुसार बजार, विद्यालय, विभिन्न घरसायी क्षेत्रबाट संकलन भएको गत्ता, कापि सहितका समाग्री बिक्रि गरेर आएको करम लोक कल्याणकारी गौ सेवा प्रतिष्ठानलाई हस्तान्तरण गरिने बताए । ‘हामीले संकलन गरेको कर्वाडमा कुनै हिनामिना भएको छैन, ‘उनले भने, ‘सबै हरहिसाब चुस्तदुस्त राखिएको छ ।’

ताजा समाचार