नगर उप प्रमुखद्वाराअछाम भूकम्पमा परी घाइते भएका मजदुरलाई खाद्य सामग्री र औषधि उपचार सहयोग

खडक ब. काेलि / कञ्चनपुर : भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक(जोशी)ले अछाम भूकम्पमा परी घाइते भएका कञ्चनपुरका मजदुरलाई खाद्य सामग्री र औषधि उपचार सहयोग गरेकी छन्। अछाम भूकम्पमा परी घाइते भएका भीमदत्तनगरपालिका १८ सालघारी बस्ती सुकुम्बासीका नरि ओडलाई चामल दाल तेल मसला तरकारी र औषधि उपलब्ध गराएको नगर उप प्रमुख निलम लेखक (जोशी)ले बताइन् उपचार गर्न नसकेका नरि ओडलाई उपचारको लागि अस्पताल लगिने प्रतिबद्धता समेत दिएकाे पिडित ओडले बताए।
साझबिहान खान खानका लागि समस्या थियाे उप प्रमुखले राहात खाद्यन सामाग्री उपलब्ध गराइदिएकाेले आफुखुशि भएकाे ओडले बताए उप प्रमुखले सुकुम्बासी बस्तिका पिडितलाइ गरेकाे सहयाेगलाइ नमुनाकाे रुपमा काम गरेकाे भन्दै हिरा सुनार भनिन चुनावकाे बेला मत्रै भाेट माग्न आउछन जिते पछि काेहि आउदैनन उप प्रमुख ज्यु सुकुम्बासी गरिब, पिडित र घाइतेलाइ सहयाेग गरेकाेमा खुशि समेत भएकाे बताइन। हाम्रो बस्तीमा ट्वाइलेट र नलकाे समस्या भएकाेले उपलब्ध गराई दिनु भनि सावित्री साहिले माग राखेकि छन।
भाद्र २२ गते मजदुरी गर्न ओड अछाम गएका थिए अछामको डल्फिनहोटलमा काम गरिरहेकाे बेला अचानक भुकम्प अएपछि उनि छत बाट खसेर दायाँ खुट्टा भाँचिएको थियो अछामको बयालपाटा अस्पतालमा समान्य उपचार गरी उनी कञ्चनपुर आएका थिए नरि ओडको घरको अवस्था दयनीय भएकोले उनले उपचार गर्न र घरमा खाना खान समेत समस्या भएका बेला उपप्रमुख निलम जोशीले सहयोग गरेकोमा राहात मिलेको जनचेतना टाेल समितिकि टाेल अध्यक्ष पवित्रा शाहीले बताइन्। उपप्रमुख जोशी दलित, असाहय, गरिब, निमुखाहरुकाे सेवा गदै आएकि छन। अशक्त असहाय लभारिसे दलितकाे लागि महाकाली प्रादेशिक अस्पतालमा निशुल्क उपचारको लागि बजेट छुट्याइएको केहि समयमा लागु गरिने जानकारि समेतगराइएकाे छ।

ताजा समाचार