युवा संघ कञ्चनपुर घटनाको एमालेद्वारा छानबिन समिति गठन

कञ्चनपुर : एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औँ जिल्ला अधिवेशनमा भएको घटनाको छानबिन गर्न टोली गठन गरिएको छ । एमाले केन्द्रीय समितिले राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औँ जिल्ला अधिवेशनमा भएको घटनाको छानबिन गर्न टोली गठन गरेको हो । शनिबार युवा संघ कञ्चनपुरको अधिवेशनमा अध्यक्ष मण्डलका सदस्य समेत रहेका पाटी जिल्ला सदस्य एव भीनपा १८का वडाध्यक्ष रविन्द्र कुँवरमाथि कुटपिट भएको थियो । सोही घटना र युवा संघ कञ्चनपुरमा दिनेश विष्ट र नविन चन्दको अध्यक्षतमा दुई छुट्टाछुट्टै कमिटि विस्तार भएपछि पाटी केन्द्र नेतृत्वले नै चासो राखेर छानबिन समिति गठन गरेको छ ।

एमाले सचिव गगन विष्टले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा पाटी केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । सदस्यमा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र पोलिटब्यूरो सदस्य ज्वाला कुमारी शाहलाई सदस्य तोेकेको छ । समितिले छानबिन गरेर घटनाको पहिचान गर्दै पाटी कार्बाहीका लागि अघि बढाउने छ । युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा घाईते भएका पाटी जिल्ला सदस्य रविन्द्र देवकोटाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, मायामेट्रो अस्पताल धनगढीम उपचार हुन नसकेपछि सोमबारदेखि काठमाण्डौँको हेल्पिङ्गि ह्याण्ड अस्पतालमा उपचार भईरहेको छ ।

देवकोटाका आफन्त ज्ञानेन्द्र फुयालले गम्भिर चोट लागेपछि स्थानीय अस्पतालमा उपचार हुन नसकेकाले काठमाण्डौँमा उपचार भईरहेको बताए । यस पटक एमाले निकट युवा संघ कञ्चनपुरमा विवाद भएपछि दिनेश विष्ट र नविन चन्दको अध्यक्षतामा छुट्टाछुट्टै समिति गठन गरिएका छन ।

ताजा समाचार