कञ्चनपुर : कञ्चनपुर जिल्ला अदालतले बन पैदावार पाँच औले चोरी निकसी मुद्धामा दोसी ठहराई एक वर्ष कैद तोकिएका फरार कसुरदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका –९ बस्ने किसन सिह कार्की रहेका छन् ।

२०७४ भदौं १४ गते फैसलामा एक वर्ष कैद तोकिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कार्की कै घर बाट लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी उनलाई आजै कञ्चनपुर जिल्ला अदालत पेश गरी तोकिएको सजाय भुक्तानको लाग कारागार पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।







