कञ्चनपुर : उद्योगि व्यवसायीकरुको मागलाई मध्य नजर गरि कञ्चनपुर उद्योग वाणिज्य संघले लेखा व्यवस्थापन तालिम आयोजना गरेको छ । संघका कोषाध्यक्ष तथा लेखा समितिका सभापति चेतराज जोशीको सभातित्व तथा संघका प्रथम उपाध्यक्ष सुरेश गुरुंगको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त तालिममा संघका पदाधिकारी सदस्यहरुको साथै उद्योगि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

संघका कोषाध्यक्ष चेतराज जोशीले प्रशिक्षण गर्नु भएको तालिममा लेखापरिक्षण गर्न पूर्व गरिने सम्पूर्ण तयारी, लेखा प्रणाली अनुसार गर्नु पर्ने कार्यहरु, आय विवरण, भ्याट विवरण, अन्तशुल्कका वारेमा जानकारी तथा अनलाईन इन्ट्री गर्नेसम्वन्धि विस्तृत जानकारीका साथै प्रशिक्षार्थीहरुलाई लेखा सम्वन्धि सप्टवयर समेत प्रदान गरिएको थियो । तालिमवाट लेखापरिक्षणको लागि गर्नु पर्ने तयारी, अललाईन मार्फत आय कर, भ्याटर अन्तशुल्ककोइन्ट्री गर्ने, सप्टवयरमा लेखा विवरण राख्ने कार्यकमा व्यवासायीहरुलाई दक्ष वानाउनुको साथै लेखा प्रणालिको ज्ञानको अभावमाआई पर्ने विविध समस्या समाधान यस तालिमवाट हुने कुरा संघका कार्यकारी अधिकृत हेमराज भट्टले वताउनु भयो ।

उक्त कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुरेश गुरुंगले आगामी दिनमा पनि यस प्रकारका तालीमहरु संघद्धारा निरन्तर रुपमा संचालन हुने कुरा वताउनु भयो । द्धितीय उपाध्यक्ष धर्म सिंह रावलले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा १५ जना सहभागि रहेका थिए भने कार्यक्रमको संचालन कार्यकारी अधिकृत हेमराज भट्ट गर्नु भएको थियो ।







