कञ्चनपुर : तस्कर समुहले भन्सार चोरी छलि गरेर नेपाल भित्र्राईरहेको ठुलो परिमाणको चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार चोरी छली गरेर नेपाल भ्रित्राईरहेको ठुलो परिमाणको चिनी कञ्चनपुरमा सशस्त्र प्रहरीले बरामद गरेको हो । शसस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको बोर्डर आवट पोष्ट(दोदा)बाट खटिएको टोलीले शनिबार अवैध चिनी, सवारी साधन सहित मानिस पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गणका गणपति प्रेम बहादुर रावलले भन्सार चोरी छली गरेको ३५ क्विन्ट चिनी सहित उक्त चिनी बोकेर ओसारिरहेको से१च १२२९नम्बरको बोलेरो पिकअप गाडी बरामद गरिएको बताए ।

लालझाडी गाँउपालिका १ नौरङ्गा क्षेत्रबाट उक्त चिनी तस्करीमा संलग्न दुई जनालाई समेत पक्राउ गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक रावलका अनुसार कृष्णपुर नगरपालिका ५गुलरिया बस्नेत लोकेन्द्र बोहरा चालक र लालझाडी गाँउपालिका १ बिनबारी बस्ने बिशाल बडायकलाई पक्राउ गरिएको छ । अवैध चिनी, उक्त चिनी तस्करीमा संलग्न सवारी साधन गरी झण्डै १६ लाख , ७६ हजार बराबरको भन्सार चोरीछलीको अवैध समान सशस्त्र प्रहरीले भन्सार चलान गरेको छ । पछिल्ला दिनहरुमा सशस्त्र प्रहरीले कञ्चनपुरमा चोरी तस्करी बिरुद्धमा निर्मम भएर चोरी तस्करीमा संलग्न व्यक्ति पक्राउ, सवारी साधन सहित अवैध समान बरामद गर्दै आएको छ ।

विगतका बर्षहरुमा सशस्त्र प्रहरीले अवैध समान मात्रै पक्राउ गर्ने र सवारी साधन, मानिस छाड्दै उक्त अवैध समान समेत बेसारिस देखाउने प्रवृतिले कञ्चनपुरमा तस्करी मौलाएको थियो । अहिले तस्करीमा प्रत्यक्ष संलग्न मानिस,उक्त तस्करीको समान ओर्सान प्रयोग भएका सवारी साधनदेखिको अवैध समान बरामद गर्दै सिधै भन्सार चलान गर्न थालेपछि तस्कर समुह सशस्त्र प्रहरीको कार्बाही देखेर त्रसित भएका छन ।







