कञ्चनपुर : कञ्चनपुर प्रहरीले भन्सार चोरी छली गरेर कारमा समान ओसारीरहेको एक व्यक्ति सहित समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले भारतबाट गैर कानुनी रुपमा मोवाईल कभर, चान्जर स्टेशनरीका समान ओसारीरहेको अवस्थामा भाररितय कार सहित समान बरामद गरिएको बताए ।

प्रवक्ता डाँगीका अनुसार बेदकोट नगरपालिका १० दैजीका रवि पार्कीलाई समेत पक्राउ गरिएको छ । उक्त ९लाख, ४० हजारको समान सहित कार भन्सार चलान गरिएको छ । पछिल्ला दिनहरुमा कञ्चनपुर प्रहरी चोरी तस्करी बिरुद्धमा निर्मम भएर एक्सनमा उत्रिएको छ ।







