एमविविएस चिकित्सक उत्पादन गर्न छात्रबृत्ति कार्यक्रम सञ्चालन


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले प्रति वर्ष एक जना एमविविएस चिकित्सक उत्पादन गर्नका लागि छात्रबृत्ति कार्यक्रम सञ्चालन गरेको छ । नगरबासीहरुलाई दीगो स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले नगरपालिकाले गरीव जेहन्दार, आर्थिक रुपले विपन्न विद्यार्थी प्रोत्साहन गर्न एमविविएस अध्ययन छात्रबृत्ति कार्यक्रम सञ्चालन गरेको हो । छात्रबृत्ति प्रदान गर्नका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । प्रति वर्ष एमविविएस अध्ययन गर्ने एक जना विद्यार्थीलाई नगरपालिकाले छात्रबृत्ति उपलव्ध गराउने छ । छात्रबृत्ति वितरणका लागि नगरपालिकाले छात्रबृत्ति व्यवस्थापन तथा वितरण सम्बन्धी कार्यविधि २०८० तयार गरी लागु गरेको छ ।

शिक्षा सम्बन्धी स्थानीय तहको एकल अधिकार सूची तथा सोको सर्वमान्यतामा प्रतिकुल असर नपर्ने गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उप दफा (२) को खण्ड (ज)को उप खण्ड (१६) मा व्यवस्था भए बमोजिम कार्यविधि बनाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले बताउनु भयो । उहाँका अनुसार नगरपालिका क्षेत्रमा बसोवास गर्ने गरीव, जेहन्दार, विपन्न अबस्थाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई एमविविएस अध्ययनका लागि प्रोत्साहन गर्नका लागि छात्रबृत्ति कार्यक्रम ल्याईएको छ । “छात्रबृत्ति प्रदान गर्नका लागि कार्यविधिमा मापदण्ड निर्धारण गरिएको छ” उहाँले भन्नु भयो, “आयोगबाट सञ्चालन हुने एकिकृत परीक्षा उत्तिर्ण नतिजाको योग्यताक्रमको सुचिमा समावेश नगरपालिका क्षेत्र भित्र बसोवास गर्ने नेपाल सरकारको सरकारी सेवामा नरहेको परिवारको विद्यार्थीलाई छात्रबृत्ति उपलव्ध गराईने छ ।”

छात्रबृत्ति वितरणका लागि नगर प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने व्यवस्था कार्यविधमा गरिएको छ ।
एमविविएस छात्रबृत्तिका लागि चिकित्सा शिक्षा आयोगले लिएको एकिकृत प्रवेश परीक्षा उत्तिर्ण गरेको, नगरपालिकाको स्थायी बासिन्दा भएको, कक्षा ८ र १० सामुदायिक विद्यालयमा अध्ययन गरेको, परिवारका कुनै पनि सदस्य सरकारी सेवामा कार्यरत नरहेको,घरघुरी सुचिमा सुचिकृत भएको हुन पर्ने उहाँको भनाई रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img