बहु विवाह मुद्धाका फरार कसुरदार पक्राउ


कञ्चनपुर : बेलौरी नगरपाालिका ८ का बहुविवाह मुद्धाका कसुरदार कृष्ण रानालाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकास डाँगीका अनुसार घरमै लुकिछिपि बसिरहेको अबस्थामा रानालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका रानालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको उहाँले जानकारी दिनु भयो । कञ्चनपुर जिल्ला अदालतको विसं २०७८ साल पुस ४ गतेको बहुविवाह मुद्धाको फैसला अनुसार रानालाई १० महिना ४ दिन कैद र रु १० हजार सजाय तोकेको थियो । अदालतले रानालाई कसुरदार ठहर गरी कैद सजाय तोकेपछि उनी फरार रहदै आएका थिए ।

यसैविच, प्रहरीले आज भीमदत्त नगरपालिका ४ बाट अबैध रुपमा भन्सार छलीगरी भारतबाट ल्याईएको रु ९५ हजार ८०० मूल्य बरावरको समान बरामद गरेको छ । बरामद गरिएको सामानमा साडी, धोती, कोटपाईन्ट, सेतो कपडा, प्लाष्टिको कालो झोला र साईकल तीन थान बरामद गरेको छ । बरामद सामान सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img