कञ्चनपुर : पतंञ्जली योग समिति कञ्चनपुरको आयोजनामा नया“ योग सह प्रशिक्षक तथा पूर्व योग शिक्षकका पुनर्ताजगि तालिम हुने भएको छ । श्रावण ५ गतेदेखि भाद्र २ गते सम्म भगवनामृत संकृतन समितिको भवनमा संचालन हुने भएको हो ।
शारिरिक अध्यास, योगिङ्ग जोगिङ्ग, प्रणायम, ध्यान, आहार योग, जडिवुटीको प्रयोग, प्रकृतिक चिकित्सा लगायतका बिषयमा प्रशिक्षण गरिने र यस तालिममा नया“ योग सह शिक्षक हुन इच्छुक व्यक्ति तथा पुर्व शिक्षकहरु सहभागि रहने जनाईएको छ ।

झण्डै एक महिना सम्म संञ्चालन हुने तालिममा पञ्तजली योग समिति नेपालका प्रशिक्षक गुरुहरु बाट प्रशिक्षण गराईने र प्रशिक्षित सह योग प्रशिक्षकहरुलाई समय सयमा पतंञ्जली योग समिति हरिद्धारमा समेत सहभागि हुने अवसर प्राप्त हुने कुरा पतंजली योग समितिका मिडिया प्रभारी प्रेम सिंह भाटले बताए ।







