कञ्चनपुर : नेपाल समाजवादी पाटीले कञ्चनपुरमा बृक्षारोपण गरेको छ । सोमबार उक्त पार्टीले कञ्चनपुरका बेलौरी, लालझाडी, पुनर्वास सहितका पालिकामा बृक्षारोपण गरेको हो ।

नेपाल समाजवादी पाटी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमर विष्टले संगठन निर्माण तथा विस्तार अभियान अन्र्तरगत कञ्चनपुरमा समेत बृक्षारोपण गरिएको बताए । उनका अनुसार केन्द्रीय कार्यक्रम अनुरुप जिल्लामा बृक्षारोपण गरिएको छ ।

नेपाल समाजवादी पाटीले कञ्चनपुरका इन्चार्ज अमर विष्ट, अध्यक्ष बलराम राना, प्रदेश महिला इन्चार्ज सत्यादेवी चपागाई सहितका नेता कार्यकर्ताहरुले बृक्षारोपण गरेका छन ।







