सिएमए संघ कञ्चनपुरका पदाधिकारीले भने, ‘जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई प्रहरीले अपहरणशैलीमा पक्राउ ग¥यो’

कञ्चनपुर : कञ्चनपुरका सिएमए, अहेब स्वास्थ्यकर्मीले जनताको स्वास्थ्य सेवामा २४सै घण्टा खटिने स्वास्थ्यकर्मीलाई प्रहरीले अपहरणशैलीमा पक्राउ गरेको भन्दै बिरोध गरेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गैर कानुनी रुपमा मेडिकल ंसंचालन गरेको भन्दै ६ मेडिकलमा छापा हानेर चार संचालक पक्राउ गरेपछि सिएमए,अहेब स्वास्थ्यकर्मीले जनताको स्वास्थ्य सेवामा २४सै घण्टा खटिने स्वास्थ्यकर्मीलाई प्रहरीले अपहरणशैलीमा पक्राउ गरेको भन्दै बिरोध गरेका हुन ।


नेपाल सिएमए संघ कञ्चनपुरले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले रातीका बेला छापामारशैलीमा स्वास्थ्यकर्मी पक्राउ गरेको भन्दै भत्र्सना जनाउदै रिहाईको माग अघि सारेका छन । उनीहरुले औषधी पसलमा सिलबन्दी, बरामदी एव पक्राउ गर्दा औषधी व्यवस्था विभाग, प्रशासन, पालिका सहितका निकायसंग समन्वय उपस्थितिबिनै सिधै अपराधीशैलीमा पक्राउ गरेर हिरासतमा राख्ने कार्य निन्दनिय भएको बताएका छन । नेपाल सिएमए संघ कञ्चनपुरका अध्यक्ष तिलकराज जोशीले प्रहरीले स्वास्थ्यकर्मीलाई अपराधीशैलीमा पक्राउ गरेर प्रतिशोध साँध्दै पक्राउ गरेको बताए । आफुहरु पनि तृतिय श्रेणीकै चिकित्सक रहेको बताउँदै उनले प्रकृया मिचेर छापामारशैलीमा पक्राउ गर्ने कार्य निन्दनिय भएको बताए । ‘यदि मेडिकल व्यवसायी स्वास्थ्यकर्मीले लागु औषध बेचे नबेचेको विषयमा बरामद र पक्राउ गर्दा किन ? मुचुल्का बनेनन, ‘उनले भने, ‘प्रहरीले हामीमाथि प्रतिशोध साध्यो ।’ नेपाल सिएमए संघ कञ्चनपुरका निर्वतमान अध्यक्ष बिरेन्द्र तिवारीले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन अनुरुप कामकाज गर्दा समेत गैर कानुनी रुपमा पक्राउदेखि गैर चिकित्सक भनेर प्रचारबाजी गर्ने कार्यले सिङ्गो स्वास्थ्यकर्मीको अपमान भएको बताए ।

नेपाल सिएमए संघ कञ्चनपुरका पुर्व अध्यक्ष पंकज रावलले प्रहरीले रिर्मोट क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई पक्राउ गर्ने कार्य निन्दनिय भएको बताउँदै उक्त अवस्था सृजना नभएको अवस्थामा पक्राउ गर्ने गलत भएको बताए । ‘अधिकारवाला व्यक्तिको सिफारिस बिना औषधी बेच्नु भएन, ‘उनले भने, ‘केही कैफियत भेटिए शुरुवाती चरणमा केही चेतावनी दिनुपर्ने र सरोकारवाला सहित ल्याएर पक्राउ गर्नुपर्ने भएपनि सिधै क्षेत्राधिकार मिच्यो ।’ स्वास्थ्यकर्मी प्रितिधिर भण्डारीले प्रहरीले स्वास्थ्यकर्मीमाथि धरकपट गरेको बताउँदै त्यस बिरुद्धमा आन्दोलनको चेतावनी दिईन । अर्का स्वाथ्यकर्मी अम्बादत्त जोशीले आफुहरुमाथि प्रहरीले यसरी धरपकट गरेपछि सेवा ठप्प पार्ने र त्यसबाट पर्ने असरको जिम्मेबारी प्रहरीले दिनुपर्ने बताए । नेपाल स्वास्थ्यकर्मी प्राविधिक संघका केन्द्रीय सचिवालय सदस्य मान बहादुर चन्दले सरकारको नीति, नियम अनुरुप स्वास्थ्यकर्मीले सेवा प्रदान गरेको बताउँदै स्वास्थ्यकर्मीलाई पक्राउ गर्नुको रहस्य रहेको बताए । ‘किन अपराधिकरणशैलीमा समात्यो, कुन प्रकृया मिलाएर प्रहरीले स्वास्थ्यकर्मी पक्राउ ग¥यो, ‘उनले भने, ‘प्रहरीको यदी यस्तै रबैया चलिरहे हामीपनि चुप लागेर बस्दैनौँ ।’

ताजा समाचार