मदिरा सेवन गरेर सवारी साधन चलाउनेलाई ट्राफिक अभिमुखिकरण


कञ्चनपुर ; मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई कैलाली ट्राफिक प्रहरीले अभिमुखिकरण गराईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शुक्रबार मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई अभिमुखिकरण गराईएको हो ।
मदिरा सेवन गरेर मोटरसाईकल सहितका साना तथा ठुला सवारी साधन चलाउँदा दुर्घटना जोखिम बढ्ने भएकाले दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी कैलालीले आफ्नै हलमा मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई अभिमुखिकरण छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज बिरेन्द्र जोहारीले लेन अनुशासन तोड्नेदेखि मदिरा सेवन गरेर सवारी चलाउने चालकलाई दुर्घटना न्यूनिकरण गर्नका लागि सचेत गराईएको बताए । हरेक साता कैलाली ट्राफिक प्रहरीले ट्राफिक नियम उलङघन गर्ने चालकलाई अभिमुखिकरण गराउँदै आएको छ । हालसम्म ट्राफिक प्रहरी कैलालीले १४सय चालकलाई प्रशिक्षण दिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img